इटहरी। धनकुटा उद्योग वाणिज्य संघको अध्यक्षमा रामबहादुर राय निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी कृष्णराज श्रेष्ठलाई ४३ मतान्तरले पराजित गर्दै राय अध्यक्षमा निर्वाचित हुनुभएको हो।
शनिबार राति अबेर सम्पन्न मतगणनापछि रायलाई अध्यक्षमा विजयी घोषणा गरिएको थियो। रायले २०९ मत प्राप्त गर्दा श्रेष्ठले १६६ मत प्राप्त गर्नुभयो। त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा विक्रम प्रधान २०२ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी अम्बिकादेवी धमलाले १७१ मत प्राप्त गर्नुभयो।उपाध्यक्षमा रिदम श्रेष्ठ २५६ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नगेन्द्रप्रसाद काफ्लेले १३१ मत प्राप्त गर्नुभयो। अर्का उपाध्यक्षमा सरस्वती मगर २६९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी सुनिता पौडेलले ४९ मत प्राप्त गर्नुभयो। महिला उपाध्यक्षमा रेजिना पालिखे २३१ मतसहित विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी निर्मला राई श्रेष्ठले १३३ मत प्राप्त गर्नुभयो।
सचिव पदमा उर्गेन शाक्य २७१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी महेन्द्र थापाले ९२ मत प्राप्त गर्नुभयो। कोषाध्यक्षमा रुपेश श्रेष्ठ २४४ मतसहित विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी गोविन्द दाहालले ११३ मत प्राप्त गर्नुभयो। यसअघि महासचिवमा उज्ज्वल कर्माचार्यसहित सात जना सदस्य निर्विरोध निर्वाचित भइसकेका थिए। निर्विरोध निर्वाचित सदस्यहरूमा निरोज श्रेष्ठ, देवेन्द्र प्रधान, मुनादेवी पोखरेल, शिशिर श्रेष्ठ र शिवपूजन शाह रहनुभएको छ। धनकुटा उद्योग वाणिज्य संघको १९ सदस्यीय कार्यसमिति चयनका लागि ४३२ जना प्रतिनिधि रहेका थिए।


