इटहरी । नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ ।
नेतृत्वका लागि भएको सहमति अनुसार दुवै जनाले आलोपालो युनियनको नेतृत्व गर्ने हुनुभएको छ । सहमति अनुसार पहिलो डेढ वर्ष मात्रिका प्रसाद नेपालले अध्यक्षको जिम्मेवारी सम्हाल्नुहुने छ भने त्यसपछिको डेढ वर्ष उषाकिरण घिमिरेले नेतृत्व गर्नुहुने छ । नेतृत्वमा सहमति जुटेपछि दुवै जना अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । अधिवेशनबाट खुला उपाध्यक्षमा सुरेशचन्द्र दाहाल, महिला उपाध्यक्षमा सरस्वती चौधरी, समावेशी उपाध्यक्षमा वीरेन्द्र साह तथा सचिवमा संगम विष्ट चयन हुनुभएका छ ।
यस्तै, समावेशी सहसचिवमा अजमल अन्सारी, महिला सहसचिवमा ज्योती पोखरेल र कोषाध्यक्षमा नशिम अन्सारी चयन हुनुभएको छ । सदस्यहरूमा दीपक पुरी, मौसम कोइराला, निशा राई, स्मारीका राई, सुविक्षा राई, सन्जिप तिम्सिना, सरोज श्रेष्ठ र भीम चौधरी चयन हुनुभएको छ । अधिवेशनले ध्रुव ढकाल, पवन अधिकारी, हर्ष सुब्बा, अमर खड्का, सचिन पोखरेल, अजित झा, चेतन धमला, हेमराज दाहाल, चन्दा खड्का, उषाकिरण घिमिरे, मेनुका पाण्डे, गोविन्द घिमिरे र किरण पोखरेललाई केन्द्रीय पार्षदमा सर्वसम्मत रूपमा चयन गरेको छ ।
यसैगरी अधिवेशनले गणेश निरौला, सुप्रिया राई, सुरेन्द्र मेहता, खेमराज सापकोटा, प्रेमणी भट्टराई, शुक्रान्त राई, अनिल चौघरी, सन्तोष हलुवाई, राजकुमारी चौधरी, गुरू ढकाल, दीपक कार्की, निशान चौधरी, शान्ता निरौला गंगा अधिकारीलाई प्रदेश पार्षदमा सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनमा नेतृत्वसहित अधिकांश पदमा सहमतिमै पदाधिकारी तथा सदस्य चयन गरिएको जनाइएको छ। सहमति मार्फत नयाँ नेतृत्व चयन भएसँगै नेपाल प्रेस युनियन सुनसरीको संगठनलाई थप सुदृढ बनाउँदै पत्रकारको हकहित र व्यावसायिक पत्रकारिताको विकासमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।


