इटहरी । इटहरीस्थित टिभिएसको आधिकारिक विक्रेता पारस अटोमोबाइल्समा टिभिएसमा अपग्रेड हुनलेलाई आफ्नै डील ’ विशेष एक्सचेन्ज मेला आइतबार देखि सुरु भएको छ । 

भदौ ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्। मेलामा पुरानो सवारी साधनको उच्च मूल्यांकन, आकर्षक क्यास डिस्काउन्ट तथा सहज फाइनान्स सुविधा उपलब्ध गराइएको छ। मेलाको पहिलो दिन १२ वटा भन्दा बढी सवारीसाधन बिक्री वितरण भएको छ ।

मेला अन्तर्गत फाइनान्स सुविधामा नागरिकता भए पुग्ने व्यवस्था गरिएको छ भने ग्राहकले दैनिक १२४ देखि इएमआई मा नयाँ टिभिएस सवारीसाधन खरिद गर्न सक्ने जनाइएको छ। नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेट समेत उपलब्ध गराएको सञ्चालक लिलानथ लुइँटेलले बताउनुभयो ।

टिभिएसका विभिन्न मोटरसाइकल तथा स्कुटरका मोडलहरूमा लागू हुने उक्त एक्सचेन्ज मेलाले पुरानो सवारीसाधन साटेर नयाँ सवारीमा अपग्रेड गर्न चाहने ग्राहकलाई विशेष अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।