इटहरी । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई ५५ श-यामा स्तरोन्नति गर्न सङ्घीय सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
आकस्मिक रूपमा अस्पतालको अनुगमन तथा निरीक्षण गर्न पुगेकी मन्त्री मेहताले आवश्यक जनशक्ति र पूर्वाधार निर्माण गरी ५५ शøयामा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्याप्त दरबन्दी नभएका अस्पतालमा छात्रवृत्ति करारका डाक्टरलाई पठाउने व्यवस्थामा पनि नीतिगत सुधार गरिएको बताउनुभयो । कुन सरकारले कुन औषधी निःशुल्क वितरण गर्ने हो भन्ने विषयलाई नागरिकले थाहा पाउने गरी सूचना पाटीमा टाँस्न उहाँले आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य बिमा बन्द नभएको बताउनुभयो सरकारले बिमालाई व्यवस्थित गरेको मात्र हो, बन्द गरेको छैन । हामीले धेरै अनुसन्धान गरेर मात्र निजी अस्पतालमा बिमासेवा रोकेका हौँ । पूर्ण रूपमा बन्द गरेका होइनौँ । जम्मा सात प्रतिशतले निजी अस्पतालबाट सेवा लिँदा रहेछन् । निजीमा बिमासेवा सञ्चालन गर्दा मासिक दुई अर्बदेखि सवा दुई अर्बसम्म सरकारलाई दायित्व रहेको उल्लेख गर्दै उहाँले जेठ १६ गते निजीबाट बिमासेवा हटाएपछि ८८ करोडदेखि एक अर्बसम्म बिमाको दाबी आउने बताउनुभयो । उहाँले केही नीतिगत सुधार गरेर असोज वा कात्तिकसम्ममा स्वास्थ्य बिमा कार्यव्रmम निजी अस्पतालमा समेत लागु गर्ने बताउनुभयो ।
निरीक्षणका क्रममा अस्पतालका डाक्टर योगेशकुमार मण्डलले प्रदेश सरकारमातहतमा रहेको अस्पतालमा पूर्वाधार र जनशक्तिको अभाव भएको जानकारी गराउनुभएको थियोे । महेन्द्र राजमार्गसँगै जोडिएको यस अस्पताललाई कोशी प्रदेश सरकारले प्रदेशको ट्रमा अस्पतालका रूपमा विकशित गरिरहेको छ । अस्पतालका अनुसार आव २०८२/८३ मा ट्रमा सेन्टरबाट एक लाख ५६ हजार ७७२ जना बिरामीले उपचार सेवा लिएका थिए । पुर्वी मोरङ, पश्चिम झापा, दक्षिण इलाम र पाँचथरका समेत बिरामी पुग्ने यो अस्पताल कोशी प्रदेश सरकारमातहतको सबैभन्दा ठुलो अस्पताल हो ।


