इटहरी : सुनसरीको इटहरी–२० मा फ्रिजमा पानी नराखेको विषयमा विवाद हुँदा १९ वर्षीय छोराले आफ्नै बाबुमाथि खुकुरी प्रहार गरेका छन्।

आइतबार राति करिब साढे ८ बजे जनसहयोग कलेज छेउमा खाना खाने क्रममा ४२ वर्षीय सिताराम राईले फ्रिजमा पानी किन नराखेको भन्दै छोरा छोयाहाङ राईलाई एक झापड हानेपछि विवाद भएको थियो। त्यसपछि आक्रोशित छोयाहाङले बाबुमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट घाइते सितारामको विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ। घटनापछि खुकुरी प्रहार गर्ने छोयाहाङलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।