इटहरी । ‘जनजनमा जनता केवल’ भन्ने नारासहित जनता केवलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत इटहरी–१० खनारस्थित ज्ञानोदय माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई ब्यागसहित शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

‘आफ्नो उत्पादन, आफ्नो सामाजिक उत्तरदायित्व’ तथा ‘शिक्षाको यात्रामा एक कदम, आजको सहयोग, भोलिको उज्यालो भविष्य’ भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई आवश्यक शैक्षिक सामग्रीसहितका ब्याग वितरण गरिएको हो। कार्यक्रममा जनता केवलका प्रबन्ध निर्देशक रोहन अग्रवालले व्यवसाय सञ्चालनसँगै समाजप्रतिको दायित्व पूरा गर्नु कम्पनीको जिम्मेवारी भएको बताउनुभयो। उहाँले जनता केवलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा समुदायसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा नियमित रूपमा विभिन्न सहयोगमूलक तथा सामाजिक गतिविधि गर्दै आएको जानकारी दिनुभयो।

अग्रवालले विद्यार्थीको शैक्षिक यात्रामा सानो सहयोगले पनि सकारात्मक प्रभाव पार्न सक्ने भएकाले ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी तथा शिक्षकहरूलाई समेत ब्याग र शैक्षिक सामग्री वितरण गरिएको बताउनुभयो। आगामी दिनमा पनि आवश्यकता र सम्भावनाका आधारमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने उहाँको भनाइ थियो। कार्यक्रममा उपस्थित इटहरी उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अवधेश चौधरीले निजी क्षेत्रले सामाजिक उत्तरदायित्वलाई व्यवहारमै कार्यान्वयन गर्दै विद्यार्थी र विद्यालयलाई गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो। उहाँले विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध हुँदा उनीहरूको अध्ययनमा सहजता हुने भन्दै यस्ता कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक योगदान पु¥याउने धारणा राख्नुभयो।

782343819_2044893766394619_8697346197345930865_n

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुनिता चौधरी, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू, जनता केवलका प्रशासकीय प्रमुख तथा म्यानेजर लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, अभिभावक तथा विद्यार्थीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।  विद्यालय परिवारले विद्यार्थी तथा शिक्षकहरूलाई समेत लक्षित गरी सहयोग उपलब्ध गराएकोमा जनता केवलप्रति आभार व्यक्त गरेको थियो। विद्यालयमा गरिएको सहयोगले विद्यार्थीहरूलाई अध्ययनप्रति थप उत्साहित बनाउने तथा विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको थियो।

जनता केवलले आफ्नो व्यवसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत नियमित रूपमा सामाजिक काम गर्दै आएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण तथा समुदायको आवश्यकतासँग सम्बन्धित क्षेत्रमा सहयोग र सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।