इटहरी । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी अन्तर्गत एरिया  फोरमा दुईवटा रिजन प्लानिङ मिटिङ सम्पन्न भएको छ । रिजन चेयरपर्सन द्वय लायन डम्बर बहादुर बस्नेत र लायन दुर्गानन्द दासको संयुक्त अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन लीला प्रसाद चिमोरियाको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा डिस्ट्रिक्ट पदाधिकारीहरू, क्याबिनेट अफिसरहरू तथा विभिन्न क्लबका प्रेसिडेन्ट र पदाधिकारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी क्लबहरूले आ–आफ्ना गतिविधि, उपलब्धि तथा भावी योजनाहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै, चालू लायन्स वर्षलाई अझ प्रभावकारी, परिणाममुखी र सेवामुखी बनाउने विषयमा गहन छलफल भएको थियो। कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने रिजन चेयरपर्सन द्वय लायन डम्बर बहादुर बस्नेत र लायन दुर्गानन्द दास प्रति हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गरिएको छ ।

आगामी दिनमा उहाँहरूको नेतृत्व र सेवा भाव अझ सशक्त बन्दै जाने तथा लायन्स वर्ष २०२६÷२७ को यात्रा फलदायी र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरिएको छ। जी.ए.टी. एरिया चिफ एरिया फोर लायन दुर्गा प्रसाद पौडेलले यस मिटिङबाट एरियाका सबै क्लबहरूको आगामी कार्ययोजना अझ परिमार्जित हुने बताउनुभएको छ ।