इटहरी : युवती राखेर यौन व्यवसाय सञ्चालन गर्ने गरेको गुनासो बढेपछि प्रहरीले झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताल–सैनिकमोड क्षेत्रका होटलमा छापा मारेको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले गए राति उक्त क्षेत्रका विभिन्न होटलमा सर्च अपरेसन सञ्चालन गरेको हो ।प्रहरीले होटलमा अनैतिक क्रियाकलाप हुने गरेको गुनासोका आधारमा छापा मारिएको जनाएको छ । प्रहरीका अनुसार सर्चका क्रममा सैनिकमोडस्थित होटल सेभेन इनका सञ्चालक गंगा गुरुङसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा होटलमा रहेका युवतीसमेत रहेको प्रहरी स्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले अनैतिक क्रियाकलाप हुने गरेको गुनासो आएका होटलमा सर्च अपरेसन जारी रहेको बताए ।
प्रहरीले होटलमा हुने गतिविधिमाथि निगरानी बढाउँदै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।


