इटहरी। मोरङको सुनवर्षी नगरपालिका–८ हर्चनगढीमा सर्पले डस्दा १० वर्षीया बालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार स्थानीय जाग्रुदिन मियाँकी छोरी रेहाना खातुनलाई मंगलबार बिहान करिब २ः३० बजे घरमै सुतिरहेका बेला सर्पले दाहिने हातमा डसेको थियो । सर्पले डसेर अवस्था गम्भीर बनेपछि रेहानालाई उपचारका लागि अभिभावकले तत्काल रंगेली अस्पताल पुर्याएका थिए । तर, उपचारकै क्रममा बिहान करिब ३ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरिदिए ।
प्रहरीका अनुसार बालिकालाई डस्ने सर्प कुन प्रजातिको हो भन्ने खुल्न सकेको छैन । सर्पदंशबाट बालिकाको मृत्यु भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


