इटहरी : लागुऔषध मुद्दामा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्ला अदालतको २०८३ जेठ २६ गतेको फैसलाअनुसार चार महिना २१ दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका मोरङको केराबारी गाउँपालिका–६ का २३ वर्षीय याकु भन्ने प्रकाश लिम्बुलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई सोमबार करिब ४ बजे खोजतलासका क्रममा घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।