इटहरी । इटहरीस्थित एमआरएस प्रणामी अस्पतालले सर्वसाधारणलाई न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
अस्पतालले स्वास्थ्य सेवालाई नाफामुखी भन्दा सेवामुखी बनाउने उद्देश्यका साथ विभिन्न उपचार तथा परीक्षण सेवा सर्वसुलभ दरमा उपलब्ध गराउँदै आएको हो। अस्पतालका अध्यक्ष हेम घिमिरेका अनुसार सर्वसाधारणको स्वास्थ्य उपचार सहज र पहुँचयोग्य बनाउने उद्देश्यले अस्पतालले न्यूनतम शुल्कमा स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ । उहाँका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकको ओपीडी सेवा २ सय, इमर्जेन्सी शुल्क २ सय र बेड शुल्क ८ सय मा उपलब्ध छ ।
अस्पतालमा दैनिक बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म फिजिसियन सेवा सञ्चालन हुँदै आएको छ। अस्पतालमा सर्जरी, नवजात तथा बालरोग, हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसूति रोग, छाला तथा यौन रोग लगायत विभिन्न विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध रहेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो। अस्पतालले माइनर तथा मेजर अप्रेसन स्वास्थ्य बीमा बोर्ड तथा नेपाल सरकारले तोकेको दर रेटमा गर्ने जनाएको छ । भर्ना भएका बिरामीका लागि निःशुल्क अक्सिजन सेवा तथा सुत्केरी सेवामा समेत विशेष सुविधा उपलब्ध रहेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार थाइराइड परीक्षण ३ सय, भिटामिन ‘डी’ परीक्षण १ हजार, भिटामिन ‘बी–१२’ परीक्षण १ हजार, भिडियो एक्सरे ६ सय तथा गर्भवतीका लागि एनओमली स्क्यान २ हजार ४ सय मा उपलब्ध छ। अध्यक्ष घिमिरेले अस्पतालमा उपलब्ध सेवा र सुविधाका विषयमा सर्वसाधारणलाई जानकारी गराउँदै आवश्यकता अनुसार सेवा लिन आग्रह गर्नुभयो।
उहाँले आगामी दिनमा पनि गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवामार्फत समुदायको विश्वास कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता” भन्ने नारासहित अस्पतालले गुणस्तरीय सेवा, सुरक्षित उपचार र सर्वसाधारणको पहुँचलाई प्राथमिकतामा राखेको जनाएको छ।


