चितवन ।

नारायणी नदीबाट बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर भेटिए तत्काल स्थानीय प्रशासनलाई बुझाउन चितवनका प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका छन्। बाढीपछि नदी किनारका विभिन्न स्थानमा सिलिन्डर भेटिन थालेपछि प्रशासनले त्यस्ता सामग्री घरमा लैजान वा आफैं प्रयोग नगर्न आग्रह गरेको हो ।

प्रशासनले भेटिएका सिलिन्डर सुरक्षित रूपमा नचलाइ सुरक्षा निकाय वा सम्बन्धित स्थानीय तहमा बुझाउन आग्रह गरेको छ । सिलिन्डरमा ग्यास बाँकी हुनसक्ने भएकाले सावधानी अपनाउनसमेत स्थानीयलाई आग्रह गरिएको छ ।