इटहरी : मोरङको बेलबारीमा आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ।
बेलबारी नगरपालिका–८ की बालिकालाई भदौ १ गते बाबुले जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे बालिकाकी आमाले बिहीबार इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
जाहेरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा खटिएको टोलीले आरोपित बाबुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


