ठगी गर्ने इटहरीका सुन पसले जेल चलान
इटहरी : सुनसरीको झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
रामधुनी नगरपालिका–३ का २७ वर्षीय सफरोज मियाँलाई प्रहरीले रामधुनी–५ झुम्काबाट पक्राउ गरेको हो। उनलाई ‘करीया’ नामले समेत चिनिने प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा मियाँलाई पक्राउ गरेको हो। मियाँ लागूऔषध मुद्दामा झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए। अघिल्लो भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। पक्राउपछि उनलाई इलाका प्रहरी कार्यालय पकलीमा ल्याई आवश्यक प्रक्रिया पूरा गरेर पुनः झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मियाँको नाममा लागूऔषध मुद्दाको लागत नम्बर ३२१४ रहेको छ।


