काठमाडौँ । बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममा ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा २७ र चितवनमा १७९ जनाको शव फेला परेको छ । गोरखामा ४४ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा १ सय १० जनाको शव भेटिएको छ । सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा तिनवटै सुरक्षा निकायबाट ठुलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।
यसैबीच,चीनको तिब्बतमा पुनः पानीको ड्याम फुट्दा फेरि बाढी आएको नेपाल प्रहरीले जनाएको छ ।


