काठमाडौँ ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्ब ९ करोड रकम पुगेको छ । यसअघि २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ मौजदात रहेकोमा भोटेकोशी बाढीपछि ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम थप भएको छ। 

अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न १० वाणिज्य बैठकहरुमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गरेका हुन् । 

बुधबार बिहान नेपाल(चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठुलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद् बैठक बसी ती प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा मनकारी व्यक्ति तथा संस्थाहरूको सहयोग जम्मा हुन सुरु भएको थियो।

सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको रूपमा तोकेको छ।