इटहरी । रोटर्याक्ट क्लब अफ सुनसरीको पाँचौँ पदस्थापना कार्यक्रम इटहरी आइएसएमटी कलेज इटहरीमा सम्पन्न भएको छ। समारोहबाट रोटा वर्ष २०२६/२७ का लागि निशा नायडुको अध्यक्षतामा भएको नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष श्रीचा पराजुली, उपाध्यक्ष शृष्टिका घिमिरे, सचिव मनिला ढकाल र कोषाध्यक्ष आस्मा दुलाल रहनुभएको छ।
त्यस्तै कञ्चन निरौला सह सचिव तथा क्लब फाउन्डेसन चेयर, श्रेस्ता भट्टराई आइटि अफिसर तथा सर्जेन्ट एट आर्म्स , प्रेक्ष्या आचार्य क्लब सर्भिस चेयर, डेनिला ढकाल क्लब प्रोफेसनल चेयर, प्रकृति भटवाल इन्टरनेसनल सर्भिस चेयर, अग्रिमा पराजुली क्लब मेम्बरसिप चेयर तथा रोडट्र्याक युगल लिडर्स कन्ट्याक्ट र ग्रेस गौतम पब्लिक इमेज चेयरको जिम्मेवारीमा रहनुभएको छ।

डिस्ट्रिक्ट आईसीएम कमिटीकी रिजनल चेयर सुनिता अग्रवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि रोटरी क्लब अफ इटहरी युगलका संस्थापक अध्यक्ष विनोद पौडेल, रोटरियन डिसी चौधरी संयोग पराजुली सन्तोष धमला, रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर प्रेम पारख, क्लबका संस्थापक अध्यक्ष माला धिताल तथा क्लबकि पूर्व अध्यक्ष तथा सल्लाहकार युरिका घिमिरे, रोटर्याक्ट आबद्ध व्यक्तित्व, सहयोगी संस्था तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

नवनिर्वाचित अध्यक्ष निशा नायडुले आगामी कार्यकालमा क्लबलाई थप सक्रिय बनाउँदै सामाजिक सेवा, नेतृत्व विकास र युवामैत्री गतिविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पाँच वर्षको यात्रामा क्लबलाई यहाँसम्म ल्याउन सहयोग गर्ने रोटरी परिवार, पूर्वपदाधिकारी, अभिभावक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै नयाँ टिमसँग विश्वास, सहकार्य र उत्साहका साथ अघि बढ्दै क्लबका आगामी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने बताउनुभयो।
रोटर्याक्ट क्लब अफ सुनसरीको नयाँ नेतृत्वले ‘Create Lasting Impact’ को भावनालाई आत्मसात् गर्दै सामाजिक सेवासँगै युवाको नेतृत्व र व्यक्तित्व विकासमा केन्द्रित हुने जनाएको छ।


