इटहरी। मोरङको तराईमा बसोबास गर्ने अति विपन्न समुदायकी चन्द्रिका ऋषिदेव ९मुसहर० स्नातक तह पढ्ने समुदायकी एक्ली बुहारी हुनुहुन्छ । मोरङको कानेपोखरी–२, दलेलीको ऋषिदेव बस्तीकी २३ वर्षीय चन्द्रिका हाल रमाइलो बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र सङ्कायमा स्नातक तह दोस्रो वर्ष अध्ययन गरिरहनुभएको छ । विद्यालय पढ्दापढ्दै पाँच वर्षअघि बिहे भएपछि चन्द्रिकाको पढ्ने इच्छा खोसिन लागेको थियो तर सासू श्रीदेवी र ससुरा धुनीरामले घरायसी काम सघाएर चन्द्रिकालाई क्याम्पस जान रोक्नुभएन । श्रीमान्को पनि भरपुर साथ पाउनुभयो । आफू नपढे पनि श्रीमान्ले पढ्न नरोकेको चन्द्रिका बताउनुहुन्छ ।
विद्यालयमा प्राथमिक तह पढ्दा चन्द्रिकासँग आफ्नो समुदायका २२र२५ जना साथी थिए । कक्षा १० मा पुग्दा चन्द्रिका एक्ली हुनुभयो । घरमा मात्रै होइन, समुदायमा पनि पढ्ने वातावरण थिएन । आर्थिक रूपमा कमजोर पारिवारिक अवस्था मात्र होइन, छोरीकी आमा बनिसकेकी चन्द्रिकाले धेरै बोझको सामना गर्दै एसइई र कक्षा १२ उत्तीर्ण गर्नुभयो । खड्काले अहिले पनि आफ्नो विद्यालयको कक्षा १ मा २४र२५ जना ऋषिदेव समुदायका विद्यार्थी रहेको बताउनुभयो । डेढ दशकयता कक्षा १० मा पुग्दा ऋषिदेव समुदायका विद्यार्थी दुईरतीन जना मात्रै नियमित हुन्छन् । त्यसमा उत्तीर्ण हुने अझ कम हुन्छन् । हाल कक्षा १० मा ४४ र कक्षा ९ मा ४१ जना विद्यार्थी छन् । कक्षा १० मा एक जना र ९ मा ऋषिदेव समुदायका विद्यार्थी नै छैनन् । उहाँले यो समुदायका विद्यार्थी पूर्वप्राथमिक तहमा सबैभन्दा बढी भर्ना हुने र माध्यमिक तहमा पुग्दा छाड्ने समस्या रहेको जानकारी दिनुभयो । चन्द्रिका पनि समुदायमा शैक्षिक चेतना नभएको बताउनुहुन्छ । चन्द्रिकाको माइतीघर पालिकाको वडा नं। ३ राजगन्ज हो । उहाँ छ जना छोराछोरीमध्ये चार छोरीकी माइली बहिनी हुनुहुन्छ । उहाँका दिदीबहिनीको कुरै नगरौँ दाजुभाइले समेत पढाइ माध्यमिक तहसम्म पुर्याएनन् ।
कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्नामले बुहारीलाई क्याम्पस पढाउन सासूहरू पे्ररित हुन् भनेर अघिल्ला दुई वर्ष ‘सासूको इच्छा बुहारीलाई शिक्षा’ कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । हाल उक्त कार्यक्रम छैन् । गाउँपालिकाले विपन्न समुदायका बुहारी क्याम्पस पढ्ने भए भने निःशुल्क पढ्ने व्यवस्था मिलाइरहेको अध्यक्ष इङ्नामले जानकारी दिनुभयो । चन्द्रिकाको अध्ययन खर्च गाउँपालिकाले बेहोर्छ । सीमान्तकृत वर्गका विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्ने भए भने पालिकाले खर्चको अभाव हुन दिँदैन, उहाँले हरेक वर्ष छात्रवृत्तिका रूपमा विद्यार्थीलाई सहयोग गरिरहेको बताउनुभयो । मोरङका १७ वटा पालिकामा ऋषिदेव समुदायका दलित महिला जनप्रतिनिधिको सङ्ख्या २४ छ । १५९ वडा रहेको मोरङमा ऋषिदेव समुदायका महिलाले दलित महिला जनप्रतिनिधिको १५।९ प्रतिशत प्रतिनिधित्व गरेका छन् तर निर्णय गर्ने ठाउँमा भए पनि शैक्षिक चेतनास्तर भने माथि उठ्न सकेको छैन ।


