इटहरी। चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएको संख्या ९०० नाघेको छ । सोमबार ९भदौ १५० बिहान ९ बजेसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
सबैभन्दा धेरै शव चितवनमा भेटिएको छ । रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०मा २०७, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०मा १५१, तनहुँमा ३७ र चितवनमा २७२ ९विभिन्न मानव अंगसहित० शव फेला परेको प्राधिकरणले जनाएको छ ।


