इटहरी : झापा र मोरङबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
झापाको कनकाई नगरपालिका–४ स्थित इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–५ मा डेरा गरी बस्दै आएका संखुवासभाका २९ वर्षीय साजन गुरुङलाई पक्राउ गरेको हो। उनको साथबाट आइसक्रिमको बट्टाभित्र लुकाएर राखिएको २३ ग्राम ५४० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिका–१० बाट इलाका प्रहरी कार्यालय पथरीको टोलीले मिक्लाजुङ गाउँपालिका–७ का आयुष बोहोरालाई पक्राउ गरेको छ। उनको साथबाट ९ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। लागूऔषधसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

