इटहरी । इटहरीस्थित फुजिसन सगरमाथा बोर्डिङ स्कुलको आयोजनामा तीनदिने ‘संघीय नमुना संसद २०८३’ कार्यक्रम सम्पन्न भएको छ।

विद्यार्थीहरूलाई संसदीय व्यवस्था, लोकतान्त्रिक अभ्यास र नेतृत्व विकासबारे व्यावहारिक ज्ञान दिने उद्देश्यले आयोजित कार्यक्रमको समापनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर श्रेष्ठले यसको महत्त्वमाथि प्रकाश पार्नुभयो। कार्यक्रममा कोशी प्रदेशका सांसद तथा पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी प्रमुख अतिथि तथा कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्ती विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

4

नमुना संसदमा विद्यार्थीहरूले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका प्रतिनिधि, सचेतक तथा सत्तापक्ष र प्रतिपक्षको भूमिका निर्वाह गरेका थिए। विद्यार्थी सांसदहरूले आफ्ना दल तथा पक्षका तर्फबाट विभिन्न विषयमा धारणा राख्नुका साथै मन्त्रीहरूसँग प्रश्नोत्तर गरेका थिए । मन्त्रीको भूमिका निर्वाह गरेका विद्यार्थीहरूले सत्तापक्ष र प्रतिपक्षबाट उठाइएका प्रश्नको जवाफ दिएका थिए । विद्यालयका प्रिन्सिपल राकेश श्रेष्ठले किताबी ज्ञानसँगै व्यावहारिक तथा संसदीय अभ्यासले विद्यार्थीहरूमा संसदको कार्यप्रणाली, प्रश्न गर्ने शैली र नेतृत्व क्षमताको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

WhatsApp Image 2026-09-01 at 2.49.20 PM

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री भण्डारीले विद्यार्थीहरूको सशक्त भूमिकाको प्रशंसा गर्दै यस्ता अभ्यासले बालबालिकामा राजनीतिक चेतना र लोकतान्त्रिक संस्कार अभिवृद्धि गर्ने बताउनुभयो । वास्तविक संघीय संसदकै झल्को दिने यस किसिमका सिर्जनात्मक कार्यक्रमलाई विद्यार्थीको आत्मविश्वास बढाउन आगामी दिनमा पनि निरन्तरता दिने विद्यालयले जनाएको छ ।