इटहरी। जिल्ला कारागार मोरङको ‘ए ब्लक’मा रहेका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
कैदीबन्दी आफैंले स्वस्फूर्त रूपमा संकलन गरेको रकम बुधबार कारागार प्रशासक राजन घिमिरेलाई हस्तान्तरण गरेका हुन् । प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने घिमिरेले जानकारी दिए । उनका अनुसार बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले ‘ए ब्लक’का कैदीबन्दीले आफैं रकम संकलन गरेका हुन् ।
जिल्ला कारागार मोरङको ‘ए ब्लक’मा हाल ५ सय ५६ जना पुरुष कैदीबन्दी रहेका छन् । कारागारमा पुरुष कैदीबन्दीलाई ‘ए’ र ‘बी’ तथा महिलालाई छुट्टै गरी तीनवटा ब्लकमा राखिएको छ ।


