इटहरी। धनकुटा नगरपालिका–८ स्थित मर्गथान क्षेत्रमा विभिन्न प्रजातिका करिब दुई हजार भन्दा बढी बिरूपा रोपिएको छ ।

हिन्दूकुश हिमालय क्षेत्रका लागि एकीकृत जलवायु अनुकूलन समाधान हाईकास परियोजनाअन्तर्गत इसिमोड र सिप्रिडको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो । पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी क्षेत्रमा पानीका मुहान सुक्दै गएकाले पानीको मुहान संरक्षण र जल पुनर्भरण गर्न विभिन्न प्रजातिका बिरूवा रोपेर वृक्षारोपण गरिएको हो।

वातावरणीय तथा आर्थिक दृष्टिकोणले महत्वपूर्ण मानिएका बाँस, निगालो, वैँस, तेजपात, टिमुर, लप्सी, रिठ्ठो, जामुन, चाप, कटुस, उतिस, अमला, नेपियर र अम्रिसोलगायत विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको सिप्रेडका प्रविधिक चक्र राईले बताउनुभयो ।