इटहरी । इटहरीको पश्चिम लाइनस्थित एनसेल गल्लीभित्र स्मार्ट सहजिलो ट्राभल एण्ड टुर प्रा.लि.को आधिकारिक कार्यालय उद्घाटन गरिएको छ।
कम्पनीका फाउन्डर एवं म्यानेजिङ डाइरेक्टर गणेश अधिकारी, मार्केटिङ म्यानेजर सुजन अधिकारी र बिजनेस डेभलपमेन्ट म्यानेजर सञ्जीव तिम्सिनाको संयुक्त रुपमा कार्यालयको औपचारिक उद्घाटन गरिएको हो । केही समय अघिदेखि सञ्चालन हुँदै आएको स्मार्ट सहजिलो ट्राभल एण्ड टुरले अब आफ्नै कार्यालय मार्फत व्यवस्थित रूपमा सेवा विस्तार गर्ने जनाएको छ। कम्पनीले विशेषगरी पर्यटकीय बस सेवा, होटल बुकिङ, टुर प्याकेज, ट्राभल इन्स्योरेन्स, गाइड सेवा लगायत विद्यार्थी तथा विभिन्न समूहका लागि आवश्यक ट्राभल तथा टुर सम्बन्धी सेवा उपलब्ध गराउनेछ ।
कम्पनीले नेपालका प्रमुख पर्यटकीय गन्तव्यलाई लक्षित गर्दै विभिन्न टुर प्याकेज सञ्चालन गर्ने जनाएको छ। वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यले ट्राभल कार्यालय सञ्चालनमा ल्याइएको कम्पनीका फाउन्डर एवं म्यानेजिङ डाइरेक्टर गणेश अधिकारीले बताउनुभयो। विशेषगरी मुस्ताङ , पोखरा, चितवन, लुम्बिनी, रारा, मुगु ,लगायत नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा टुर सञ्चालन गरिने छ। स्मार्ट सहजिलो ट्राभल एण्ड टुरले यसअघि नै विभिन्न ट्राभल तथा टुरसम्बन्धी सेवा प्रदान गर्दै आएको थियो। आफ्नै कार्यालय सञ्चालनमा आएसँगै ग्राहकलाई थप सहज, व्यवस्थित र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य लिइएको कम्पनीका बिजनेस डेभलपमेन्ट म्यानेजर सञ्जीव तिम्सिनाले बताउनुभयो।
नयाँ कार्यालय सञ्चालनसँगै इटहरीबाटै देशका विभिन्न पर्यटकीय गन्तव्यमा भ्रमणका लागि आवश्यक यातायात, होटल, टुर प्याकेज, बीमा तथा गाइड सहितको एकीकृत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।


