इटहरी। मोरङ कारागार विराटनगरका १९ जना कैदीबन्दीलाई स्थान्तरणका लागि शुव्रmबार बाहिर निकालिएको छ । दुई महिनायता कारागारको ‘बी’ ब्लकलाई आफ्नो नियन्त्रणमा लिएर हुलदङ्गा गर्दै आएका उनीहरूलाई प्रहरीले कारागारबाट बाहिर निकालेको हो ।
मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार दुई समूहबिच विवाद सिर्जना भएपछि त्यसबाट उत्पन्न हुने परिस्थितिलाई ध्यानमा राखेर प्रहरीले कारबाही चलाएको हो । गत असार १३ गतेयता मोरङ कारागारको ‘बी’ ब्लकभित्र प्रशासन प्रवेश गर्न पाएको थिए । कारागारआसपासमा प्रहरीको केही सङ्ख्या उपस्थिति हुँदासमेत कारागारभित्रबाट नाराबाजी हुँदै आएको थियो । कारागारको ‘ए’ ब्लक शान्त रहे पनि ‘बी’ ब्लकका कैदीबन्दीको गर्मी भत्ताबापतको सुविधा खोसेर लिएको आरोपमा गत असार १३ गते विराटनगर–८ का अभिषेक गिरीलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो ।
कारागारभित्र रहेका गिरी समूहका नाइके, भाइनाइकेसहितले कारागारमा बारम्बार नाराजुलुस गर्दै आएका थिए । गत भदौ १ गते जिल्ला सुरक्षा समितिको टोली कारागार निरीक्षणका व्रmममा पुग्दा भित्रबाट ताला लगाएर कैदीबन्दीले नाराजुलुस तथा अप्रिय घटना हुन सक्ने चेतावनी दिएपछि फर्किएको थियो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले कारागारबाट बाहिर निकालिएकालाई शनिबारसम्म स्थान्तरणको प्रव्रिmयामा लगिने जानकारी दिनुभयो ।


