इटहरी । सुनसरीको विभिन्न स्थानमा सीमामा कडाई गरेको भएपनि भन्सार छलीका किराना सामानहरू बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काका अनुसार जिल्लाको कोशी गाउँपालिका वडा नं। २ काली मन्दिरस्थित भित्री सडक खण्डमा भन्सार छलीका किराना सामानहरू बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको भन्सार छलीका समानहरू बरामद गरिएको खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्दाजी एक लाख ६३० रुपियाँ बराबरको किराना सामानहरू नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लौकहीमा ल्याई सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको छ ।