इटहरी | कृष्ण जन्माष्टमीको अवसरमा इटहरीमा आयोजित राधाकृष्ण रथयात्रामा सहभागी भक्तजनलाई १८डी पाथिभरा इन्टरटेनमेन्ट इटहरीले निःशुल्क पानी वितरण गरेको छ।
केही समयअघि इटहरीको सेन्टर प्लाजाको दोस्रो तलामा सञ्चालनमा आएको १८डी पाथिभरा इन्टरटेनमेन्टको सहयोग तथा लायन्स तथा लियो क्लब इटहरी एक्टिभको आयोजनामा रथयात्रामा सहभागी हजारौँ भक्तजनलाई पानी वितरण गरिएको हो ।
सामाजिक तथा धार्मिक कार्यमा सहयोग गर्ने उद्देश्यले पानी वितरण कार्यक्रममा सहकार्य गरिएको १८डी पाथिभरा इन्टरटेनमेन्ट इटहरीका मार्केटिङ म्यानेजर विकास घिमिरेले जानकारी दिनुभयो।
१८डी पाथिभरा इन्टरटेनमेन्टले दृश्यसँगै वास्तविक गतिशीलता, हावाको प्रभाव, पानीका छिटा, कम्पन तथा सराउन्ड साउन्डको संयोजनमार्फत दर्शकलाई फरक र रोमाञ्चक मनोरञ्जन अनुभव प्रदान गर्दै आएको जनाएको छ।
१८डी सिनेमामा दर्शकले चलचित्र हेर्ने मात्र नभई चलचित्रकै दृश्यभित्र आफू सहभागी भएको अनुभूति गर्न सक्ने सञ्चालकको भनाइ छ। अत्याधुनिक मोसन सिट, ३डी भिजुअल, विन्ड इफेक्ट, वाटर स्प्लास, भाइब्रेसन र सराउन्ड साउन्ड प्रविधिको प्रयोग गरिएको छ।
यहाँ स्पेस जर्नी, डाइनोसर वर्ल्ड, मरीन लाइफ एडभेन्चर, इन्टरस्टेलर स्पेस जर्नी, फ्यान्टासी वर्ल्ड, रोलर कोस्टर, हरर एक्सपेरियन्स, जंगल एडभेन्चर, रोबोट वर्ल्ड र फिस वर्ल्ड लगायत १७ भन्दा बढी प्रकारका अनुभव लिन सकिने व्यवस्था रहेको जनाइएको छ।
परिवार, जोडी, साथीहरूको समूह, विद्यार्थी, बालबालिका तथा पर्यटकलाई लक्षित गरिएको १८डी पाथिभरा इन्टरटेनमेन्टमा ५ वर्षभन्दा माथिका बालबालिकाले समेत मनोरञ्जन लिन सक्ने बताइएको छ।
दैनिक बिहान ८ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने १८डी सिनेमामा एक शोमा करिब १०–१२ जना वयस्क वा १४–१५ जना बालबालिका सहभागी हुन सक्ने क्षमता रहेको छ।
नयाँ पुस्ताको प्रविधिसँगै मनोरञ्जनलाई थप रोमाञ्चक र जीवन्त बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको १८डी पाथिभरा इन्टरटेनमेन्टले नेपालमै फरक किसिमको इमर्सिभ मनोरञ्जनको अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।


