इटहरी– राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद तथा इञ्जिनियर श्रीराम न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसेको सूचना प्राप्त भएको बताएका छन्। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि उद्धारका गतिविधिबारे फिल्डमै रहेर निरन्तर जानकारी दिँदै
आएका न्यौपानेले चिलिमे सुरुङमा फसेकाको उद्धारका लागि त्यसतर्फ जान लागेको बताएका हुन्।


