इटहरी । मोरङको पथरी शनिश्चरे–१०, जिरीखिम्तीस्थित सिंहदेवी दुर्गा मन्दिरमा भदौ ५ देखि १३ गतेसम्म सञ्चालन भएको श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ। 

आइतबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा अघिल्लो बैंक मौज्दात ३८ हजार १ सय ५४ र महायज्ञको सहयोगबाट २४ लाख ९० हजार ८ सय २५ गरी कुल २५ लाख २८ हजार ९ सउ ७९ रुपैयाँ आम्दानी भएको जानकारी दिइएको हो । पूजा सामग्री, टेन्ट, साउन्ड, दक्षिणा लगायतका विभिन्न शीर्षकमा १२ लाख ८० हजार ८ सय ४२ रुपैयाँ खर्च भई १२ लाख ४८ हजार १ सय ३७ रुपैयाँ शुद्ध बचत भएको छ। मन्दिरको स्टोरमा विभिन्न जिन्सी सामान समेत मौज्दात रहेको छ। महायज्ञमा जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीले विशेष प्रवचन दिनुभएको थियो।

WhatsApp Image 2026-09-06 at 12.54.11 PM

कार्यक्रममा नगरको खोजमूलक क्षेत्रमा योगदान पु¥याउनुहुने स्वर्गीय लेखक दीपेन्द्र तिम्सिनालाई मरणोपरान्त सम्मान गर्दै उहाँकी धर्मपत्नीलाई कदरपत्र प्रदान गरिएको थियो । साथै, १ लाख ७ हजार १६५ रुपैयाँ सहयोग गर्नुहुने दानवीर एवं पुराण समिति संयोजक गंगाबहादुर कटुवाल र समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीहरूलाई पनि सम्मान गरिएको थियो ।

वडा नं. १० की कार्यपालिका सदस्य मिना कुमारी तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्दिर अध्यक्ष ठाकुरप्रसाद दाहाल, आन्तरिक लेखापरीक्षण समिति संयोजक किशोर खड्का र आर्थिक समिति संयोजक उमेश कोइराला लगायतको उपस्थिति रहेको थियो।