इटहरी। झापाको कनकाई नगरपालिका स्थित जामुनखाडी सिमासर तथा पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्रय पर्यटकलाई आकर्षित गर्नका लागि सिमसारमै फिसिङ कार्यक्रम सुरु गरिएको छ ।

यसअघि जंगली जनावरको दृश्यअवलोकन तथा बोटिङको मज्जा लिदै आएकोमा थप पर्यटक लक्षित फिसिङ सेवाको समेत विस्तार गरेको जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय स्थानका अध्यक्ष परशुराम गिरीले बताउँनुभयो । पर्यटकहरुका लागि एक सय रुपैँयाको टिकट काटेपछि एउटा माछा मार्ने टागो र चारो उपलब्ध हुने र जति माछा मार्छन सो सबै खरिद गरेर समेत लैजान पाउने प्रबन्ध गरिएको जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय संस्थाका सचिव दिपक ओलीले बताउँनुभयो । पर्यटकका लागि सामुदायिक वन क्षेत्र भित्र रहेका मध्ये एउटा पोखरीलाई छुट्टाइएको र त्यसमा माछा पालन गरिएको छ ।

यसैविच हाल उक्त पोखरीमा माछा  पालन गरिएको छ, भने बोटिङ समेत गर्ने प्रबन्ध रहेको छ । सामुदायिक वनभित्र संकटमा रहेका जंगली जनावरहरु चितुवा, मृग, अंजिगर, भालु लगायातका जनावार र गिद्ध, चिल, हुचिल, लाटकोसेरो लगायातका पंछिहरु समेत संरक्षण गरेर राखिएको छ । 

जंगली जनावार र नौका विहार पछि पनि पानीमा बल्छी खेल्ने इच्छा हुनेहरुका लागि थप आकर्षणका लागि यो सुविधा राखिएको वन समुहले जनाएको छ । यस प्रकारको पोखरीमा फिसिङ गर्ने  सुविधा कोशी प्रदेशमै पहिलो भएको वन समुहको दावी रहेको  छ । वन समुहभित्र माछा मार्ने फिसिङ सुविधा थप गरिएसगै नेपाल तथा छिमेकी मुलुक भारतबाट समेत फिसिङ गर्नका लागि पर्यटकहरु आउन थालेको वन समुहले जनाएको  छ ।