इटहरी । कृष्ण जन्माष्टमीको अवसरमा इटहरीमा निकालिएको राधाकृष्ण रथयात्रामा सहभागी भक्तजनलाई १८ डी पाथिभरा इन्टरटेनमेन्ट इटहरीले निःशुल्क पानी वितरण गरेको छ ।
इटहरीको सेन्टर प्लाजाको पहिलो तलामा सञ्चालनमा आएको ‘१८ डी पाथिभरा इन्टरटेनमेन्ट’ले धार्मिक तथा सामाजिक उत्तरदायित्वअन्तर्गत रथयात्रामा सहभागी हजारौँ भक्तजनलाई पानी वितरण गरेको छ। लायन्स तथा लियो क्लब इटहरी एक्टिभको आयोजना र १८ डी पाथिभराको सहयोगमा उक्त पानी वितरण कार्यक्रम सम्पन्न भएको हो। उक्त मनोरञ्जन केन्द्रमा मोसन सिट, ३ डी भिजुअल, हावा, कम्पन र पानीको छिटा जस्ता आधुनिक प्रविधि मार्फत डाइनोसर वल्र्ड, हरर एक्सपेरियन्स र रोलर कोस्टर सहित १७ भन्दा बढी रोमाञ्चक दृश्यको प्रत्यक्ष अनुभूति लिन सकिन्छ ।
परिवार, जोडी, साथीहरूको समूह, विद्यार्थी, बालबालिका तथा पर्यटकलाई लक्षित गरिएको १८ डी पाथिभरा इन्टरटेनमेन्टमा ५ वर्षभन्दा माथिका बालबालिकाले समेत मनोरञ्जन लिन सक्ने जनाइएको छ। चलचित्र तथा दृश्य हेर्ने मात्र नभई त्यसको प्रत्यक्ष हिस्सा बनेको अनुभूति हुने भएकाले १८ डीको अनुभव फरक र रोमाञ्चक रहेको दर्शक देवी कोइरालाले बताउनुभयो।
यस्ता धार्मिक तथा सामाजिक कार्यमा आफ्नो संस्थाको सहभागिता जनाउने उद्देश्यले पानी वितरण कार्यक्रममा सहयोग गरिएको १८ डी पाथिभरा इन्टरटेनमेन्ट इटहरीका मार्केटिङ म्यानेजर विकास घिमिरेले बताउनुभयो। उहाँले मनोरञ्जन व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आगामी दिनमा समेत यस्ता सामाजिक तथा धार्मिक गतिविधिमा सहकार्य गर्दै जाने बताउनुभयो।
दैनिक बिहान ८ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने १८ डीमा एक शोमा करिब १० देखि १२ जना वयस्क तथा १४ देखि १५ जना बालबालिका सहभागी हुन सक्ने क्षमता रहेको छ। नेपालमै फरक तथा अत्याधुनिक इमर्सिभ मनोरञ्जनको अनुभव प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा आएको १८ डी पाथिभरा इन्टरटेनमेन्टले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत आफ्नो सहभागिता बढाउँदै लैजाने जनाएको छ ।


