इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेश कार्यसमितिको आयोजनामा इनरुवा–३ स्थित ॐसाई पार्टी प्यालेसमा हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रदेशका ३० विद्यालयका १५० विद्यार्थी सहभागी प्रतियोगिताका विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगिता अन्तर्गत माध्यमिक तह अंग्रेजी हस्तलेखनतर्फ अभा इंगलिस स्कुल प्रथम, ग्रीन पीस एकेडेमी द्वितीय र हिमालय इंगलिस स्कुल तृतीय भए ।
प्राथमिकतर्फ रेस्नल एकेडेमी प्रथम, हरित तारा स्कुल द्वितीय र अभा इंगलिस तृतीय बने। यस्तै, नेपाली हस्तलेखन माध्यमिकतर्फ अरिहन्त इंगलिस बोर्डिङ स्कुल प्रथम, हिमालय इंगलिस द्वितीय र जेभियर इङ्लिस तृतीय भए भने प्राथमिकतर्फ रेस्नल एकेडेमी प्रथम, हरित तारा द्वितीय र अरिहन्त इंगलिस तृतीय स्थान हासिल गर्न सफल भए। चित्रकलाको प्राथमिकतर्फ ग्रीन पीस एकेडेमी प्रथम, अभा इंगलिस द्वितीय र मोरङ ज्ञानोदय तृतीय बने।
माध्यमिकतर्फ भने मोरङ ज्ञानोदय प्रथम, अभा इंगलिस द्वितीय र अरिहन्त इंगलिस तृतीय भए। कार्यक्रमका प्रमुख अतिथि नेशनल प्याब्सन कोशी प्रदेश अध्यक्ष कमल खनाल र केन्द्रीय सदस्य नारायण ढकालले विद्यार्थीको चौतर्फी प्रतिभा उजागर गर्न यस्ता गतिविधि आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा सुनसरी अध्यक्ष एवं संयोजक खगेन्द्र केसी र मोरङ सचिव भनीरुद्र चौधरीको उपस्थिति थियो भने सहजीकरण प्रदेश सचिव सुरेन्द्र चौधरीले गर्नुभएको थियो।


