इटहरी। नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाली कम्युनिस्ट पार्टीबिच प्रदेश सरकार गठनसम्बन्धी केन्द्रमा तीन बुँदे सहमति भएपछि प्रदेशमा सरकार सञ्चालनसम्बन्धी न्यूनतम साझा कार्यक्रम तयार गरिएको छ।
नेपाली कम्युनिस्ट पार्टी संसदीय दल कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा बनेको कार्यदलले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको हो। न्यूनतम साझा कार्यक्रममा २८ बुँदा रहेका छन्।


