इटहरी । विश्व फिजियोथेरापी दिवसको अवसरमा इलाम अस्पतालमा फिजियोथेरापी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश राईले फिजियोथेरापी युनिटको उद्घाटन गर्नुभएको हो।

दिवसको अवसरमा अस्पतालबाट सामूहिक पैदल यात्रा ९वाकाथन० समेत आयोजना गरिएको थियो। कार्यक्रममा इलाम अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीसँगै इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी दाहाल लिम्बू र इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठको उपस्थिति थियो। अस्पतालका प्रमुख डा। अमिताभ ठाकुरले फिजियोथेरापी सेवा सञ्चालनमा आउनु अस्पतालको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।

उहाँका अनुसार शारीरिक समस्या, चोटपटक तथा विभिन्न कारणले पुनर्स्थापनाको आवश्यकता पर्ने बिरामीले अब अस्पतालबाटै फिजियोथेरापी सेवा लिन सक्नेछन्। फिजियोथेरापी सेवा सञ्चालनमा आएसँगै बिरामीलाई उपचारपछि आवश्यक पुनर्स्थापना तथा शारीरिक क्षमता सुधार गर्न थप सहज हुने अपेक्षा गरिएको छ।