इटहरी स् फिदिम नगरपालिका–१ नमुना लाइनस्थित डेराबाट विभिन्न विद्युतीय उपकरण र मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ का २७ वर्षीय करण आले मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मगरले भदौ १८ गते राति फिदिम–१ निवासी फडिन्द्र सम्बाहाम्फेको डेराबाट ग्यालेन्डर मेसिन, सर्कुलर कटर र ड्रिल मेसिन चोरी गरेका थिए।
त्यसैगरी, सोही स्थानका सन्तकुमार राईको प्र।१–०३–००१ प ५१५८ नम्बरको रातो–कालो रङको यामाहा मोटरसाइकल पनि चोरी गरेको आरोप उनीमाथि लागेको प्रहरीले जनाएको छ। चोरी गरिएको मे।१ प ७०७७ नम्बरको नीलो–कालो रङको पल्सर मोटरसाइकल भने डाँडा सामुदायिक वन नजिक जलाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका मगरलाई प्रहरीले अनुसन्धान र खोजतलासका क्रममा भदौ २१ गते फिदिम नगरपालिका–१ वरडाँडाबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार मगरलाई जिल्ला अदालत पाँचथरबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।


