इटहरी । मोरङको पथरी शनिश्चरे–२ स्थित शान्ति टोल विकास समितिको आयोजनामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वडाध्यक्ष नैना साम्पाङ राईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शान्ति, पारुहाङ–सरस्वती, साधु र हस्पिटल लाइन टोल विकास समितिका अध्यक्ष, सचिव तथा कोषाध्यक्ष सहितका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा लागुऔषध दुव्र्यसन तथा कारोबार नियन्त्रण समितिका संयोजक एवं वडा सदस्य चन्द्रकुमार राईले लागुऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि भइरहेका गतिविधिबारे जानकारी गराउनुभएको थियो।

अन्तरक्रियामा लागुऔषधको दुव्र्यसन र ओसारपसार नियन्त्रणका लागि जनप्रतिनिधि, टोल विकास समिति र स्थानीयवासीको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइएको थियो ।