इटहरी। पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मङ्गलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती ‘बुकिङ’ रद्द हुँदा होटल सुनसान छ ।

भारतको गोरखपुरबाट १०० पर्यटकले सौराहाका लागि ‘बुकिङ’ गरेको कार्यक्रम स्थगन गरेका छन् । अध्यक्ष पाण्डले भन्नुभयो “संवादका क्रममा पर्यटकले नेपालमा विपद परिरहेका समयमा आफूहरु त्यहाँ रमाउन नसक्ने  जानकारी दिएका छन् । अन्तर्राष्ट्रियस्तरमा अहिले नेपालमा बाढीपहिरोको जोखिम नभएको सन्देश प्रवाह गर्नुपर्छ ।  । बाढी आउँदाभन्दा सडक अवरुद्ध हुँदा बढी ‘बुकिङ’ रद्द भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “भोटेकोशीमा बाढी आउँदा केही रद्द भए पनि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बाँकी सबै बुकिङ रद्द भएको छ ।  मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधामलगायत धार्मिक क्षेत्रमा आउने भारतीय पर्यटकले ‘बुकिङ’ रद्द गर्दा यसको प्रत्यक्ष प्रभाव सौराहामा परेको जनाइएको छ । उहाँले भन्नुभयो, “अन्तरराष्ट्रियस्तरमा बाढीको प्रभाव सीमित ठाउँबाहेक अन्यत्र छैन भन्ने सन्देश दिनु सक्नुपर्छ ।”

सौराहामा यतिबेला सरदर पाँच प्रतिशत पर्यटक भएको अनुमान छ । गत वर्ष यतिबेला २५ देखि ३० प्रतिशत पर्यटक हुने गरेका थिए । केन्द्रीय सदस्य घिमिरे अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूमा नेपाल घुम्नका लागि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताउनुहुन्छ । सरकारले विश्वका विभिन्न देशमा रहेका राजदूतहरूमार्फत नेपालको अहिलेको अवस्थाका बारेमा सम्बन्धित देशमा सूचना प्रवाह गर्न सकेमा पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ छ ।  सौराहामा १२० भन्दा बढी होटल छन् । जहाँ पाँच हजारभन्दा बढी पर्यटकलाई एकैदिन राख्न सक्ने क्षमता छ । यहाँबाट काठमाडौँ दैनिक पर्यटक बस चल्ने गरेकामा पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो गएसँगै ती बस रोकिएका छन् ।


हवाई भाडा महँगो र उच्च चापका हुँदा पर्यटक सहजै आउने परिस्थिति छैन । मुख्य रूपमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक यहाँ बस्ने गर्दथे । यस्तै देशका विभिन्न भागबाट गोष्ठी, बैठक, सभा, सम्मेलन गर्न नेपाली यहाँ आउने गर्दछन् । नेपालको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा सौराहालाई लिने गरिन्छ । सफारी पर्यटनको हिसाबले यो पहिलो गन्तव्य हो ।