इटहरी स् जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनाका साथ दुहबीमा दीप प्रज्वलन गरिएको छ।

जेनजी युवा समूह दुहबी र विश्व हिन्दु परिषद् युवा विभाग दुहबीको संयुक्त आयोजनामा दुहबी बजारस्थित डाँगा चोकमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा उपस्थित युवाहरूले १ मिनेट मौन धारण गर्नुका साथै मैनबत्ती बालेर दिवंगत आत्माको शान्तिको प्रार्थना गरेका थिए।

उक्त कार्यक्रमबारेमा दुहबी जेनजी समूहका चन्दन बैठा र रीतेश हलुवाई र विश्वव हिन्दु युवा विभागका परतिनिधि पंकज हालुवाई जानकारी गराउनुभएको हो।