इटहरी । धनकुटाका निजी तथा आवासीय विद्यालयले बाढीपीडितका लागि आठ लाख ७६ हजार २१ रुपियाँ सहयोग संकलन गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन धनकुटाको पहलमा जिल्लाका १४ वटा विद्यालयबाट उक्त रकम संकलन गरिएको हो। प्याब्सन केन्द्रीय कार्यसमितिको सूचनाअनुसार बाढीपीडितका लागि राहत रकम संकलन गरी पठाइएको प्याब्सन धनकुटाका अध्यक्ष प्रेमप्रसाद लिम्बूले जानकारी दिनुभयो। संकलित रकममध्ये मदरल्यान्ड सेकेन्डरी बोर्डिङ स्कुलले सबैभन्दा बढी एक लाख १५ हजार २०० रुपियाँ सहयोग गरेको छ। शीतला देवी माध्यमिक विद्यालयले एक लाख एक हजार ५५ रुपियाँ, दीप इङ्लिस बोर्डिङ स्कुलले एक लाख छ हजार १७६ रुपियाँ र सयपत्री सेकेन्डरी बोर्डिङ स्कुलले एक लाख एक हजार ५५५ रुपियाँ सहयोग गरेका छन्।
त्यस्तै, मनकामना सेकेन्डरी बोर्डिङ स्कुलले ६१ हजार ५५५ रुपियाँ, सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलले ६३ हजार ६७५ रुपियाँ र निलगिरी सेकेन्डरी बोर्डिङ स्कुलले ५० हजार १०५ रुपियाँ सहयोग गरेका छन्। तमोर भ्याली सेकेन्डरी बोर्डिङ स्कुलले ७५ हजार रुपियाँ, इस्टर्न स्टार स्कुलले २५ हजार रुपियाँ, तुलसी मेहर सेकेन्डरी बोर्डिङ स्कुलले ५० हजार रुपियाँ, दीप ज्योति सेकेन्डरी बोर्डिङ स्कुलले ५१ हजार ५५५ रुपियाँ, धनकुटा सेकेन्डरी बोर्डिङ स्कुलले ४० हजार रुपियाँ, निजामती रेसिडेन्सियल स्कुलले १५ हजार रुपियाँ र बाल संसार सेकेन्डरी बोर्डिङ स्कुलले २० हजार १४५ रुपियाँ सहयोग गरेका प्याब्सन धनकुटाका सचिव इन्द्रबहादुर राईले जानकारी दिनुभयो। संकलन गरिएको रकम केन्द्रीय कार्यसमितिमा पठाइएको जनाइएको छ।


