इटहरी। सुनसरीको कोशी गाउँपालिका ३ का ७८ वर्षीय छेवीलाल उराँव घर नजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको छ । उराँव समुदायको जातीय संस्कार, संकृतिसंग जोडिएको पौराणिक तथा सयौं वर्ष पुरानो ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको हो ।
टुबेल ९कल० धारा र मोटरको पानी आउन थालेपनि हराउँदै गएको इनारलाई संरक्षण गर्न उराँव समुदायका अगुवा छेवीलालले इनारकै पानी प्रयोग गर्ने, इनार वरीपरी सरसफाई गर्ने, विवाहबारीमा इनारको पानीको उपयोग गर्ने काममा लाग्नुभएको छ । उहाँले आफ्नो घर नजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुको मुख्य कारण संस्कृति संरक्षण र नयाँ पुस्तालाई इतिहास देखाउनु पनि रहेको बताउनुभएको छ । स्थानीय समाजसेवी विर्शुलाल उराँवले तीन दशक अघिसम्म गाउँमा देखिदै खाएको इनार यतिबेला देख्न मुस्किल भएकाले सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ३ का स्थानीयवासीहरू लोपोन्मुख अवस्थामा पुगेको गाउँको पुराना इनार संरक्षणमा जुटेको बताउनुभयो ।
उहाँले साविक पश्चिम कुशाहामा ५० बढी इनार रहेकोमा अहिले आधुनिक प्रविधिको विकाससँगै घर–घरमा ट्युबवेल ९चापाकल० कल र धाराको पहुँच बढेपछि इनार लोप भएकाले एउटा इनारलाई संरक्षण थालेको बताउनुभयो । दर्जनौं इनार लोप भएको अवस्था र वर्षौंदेखि बेवास्तामा परेका सार्वजनिक इनारहरूलाई बचाउन स्थानीयले स्वतःस्फूर्त अभियान सुरु गरेकोमा एउटा मात्रै इनार सुरक्षित भेटिएको बताउनुभयो । कोशी वडा नम्बर–३ पश्चिम कुशाहा धर्मबेलस कुम्बा मन्दिर परिसरमा रहेका दशकौँ पुराना इनारको सरसफाइ गर्दै पानीको उपयोग गर्न थालेको स्थानीय बबिता उराँवले बताउनुभयो ।
गाउँमा ४५ परिवार उराँव रहेकोमा कयौं इनार सरसफाइ अभाव, ढल निकास र अतिक्रमणका कारण सुक्दै र पुरिँदै गएकोमा एउटालाई भएपनि स्थानीय उराँव समुदायले ती पुराना जलस्रोतलाई जोगाउन इनारको सरसफाइ, पुनरुत्थान तथा मर्मत–सम्भारको काम गरेको बताउनुभयो । अर्का स्थानीय शिवु उराँवले गाउँमा इनार संरक्षण अभियानमा आफूहरू लागेको बताउनुभयो । उहाँले इनारभित्र जमेको लेदो, फोहोर र पुराना पातपतिङ्गर हटाई भित्री भागको पुनरुत्थान गरिएको र इनारमा फोहोर खस्न नदिन सुरक्षा पर्खाल ९रिङ० निर्माण गर्ने काम भएको जानकारी दिनुभयो । उराँव समुदायमा विवाहका बेला बेहुलाबेहुलीलाई इनारको पानी अनिर्वाय भएकाले इनार संरक्षण गरेको उराँवले बताउनुभयो ।
उहाँले गाउँगाउँमा युवा पुस्तालाई इनार संरक्षण बारेमा सचेतना अभिवृद्धि गर्दै पानीका परम्परागत मुहान जोगाउन समुदायस्तरमा छलफल र जनसचेतना कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । स्थानीय फूलकुमारी उराँवका अनुसार धारा, ९टुबेल–चापाकल०को पानी सुक्दा पनि इनारमा पानीको सतह कायमै रहने भएकाले संकटको समयमा यो सबैभन्दा भरपर्दो माध्यम भएकाले समेत संरक्षणमा लागेको हो ।
उहाँले धार्मिक कार्य, उराँव समुदायको जन्म, विवाह, मृत्यु कर्म, सामाजिक भेला, भोजभतेर र विपद्का बेला पानीको आवश्यकता पूरा गर्न पनि इनारको विशेष महत्व रहेको बताउनुभयो । स्थानीयवासीको सराहनीय कदमलाई साथ दिँदै कोशी वडा नं।–३ को कार्यालयले पनि आगामी दिनमा यस्ता परम्परागत मुहानहरूको संरक्षण र व्यवस्थापनका लागि बजेट तथा योजनामा प्राथमिकता दिने वडाध्यक्ष सुलेमान मंसुरीले बताउनुभयो । मंसुरीले इतिहास बोकेको इनार संरक्षणमा वडाले सहयोग गर्ने बताउनुभयो ।


