इटहरी । पछिल्लो समय छाला, कपाल तथा सौन्दर्यसम्बन्धी समस्याका कारण उपचारका लागि विशेषज्ञ सेवाको माग बढिरहेका बेला सुनसरीको इटहरीमा रहेको एचएससी हेयर एन्ड स्किन केयर लेजर हस्पिटलले आधुनिक प्रविधि, दक्ष जनशक्ति तथा अन्तर्राष्ट्रियस्तरको सेवा विस्तार गरेको जनाएको छ । 

इटहरी–९, बसपार्कमा रहेको हस्पिटलले छाला तथा कपाल सम्बन्धी विभिन्न समस्या, लेजर उपचार तथा सौन्दर्य सम्बन्धी सेवाहरूलाई प्रविधिमैत्री र विशेषज्ञ सेवासहित अघि बढाएको हो। हस्पिटलले आयोजना गरेको विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रममा स्वास्थ्य तथा छाला रोगसम्बन्धी क्षेत्रमा कार्यरत विशेषज्ञ, सञ्चारकर्मी, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका डर्माटोलोजी तथा भेनेरियोलोजी विभागका प्रमुख डा. धनकेशर खड्का प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। हस्पिटलका अनुसार आधुनिक लेजर प्रविधि तथा विशेषज्ञ चिकित्सकीय सेवामार्फत छाला, कपाल र सौन्दर्य सम्बन्धी समस्याको उपचारलाई सहज, सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्य राखिएको छ ।

इटहरी तथा आसपासका क्षेत्रमा यस्ता विशेषज्ञ सेवाको पहुँच विस्तार गर्दै स्थानीयस्तरमै गुणस्तरीय उपचार उपलब्ध गराउने लक्ष्यका साथ हस्पिटलले सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। एचएससी हेयर एन्ड स्किन केयर लेजर हस्पिटल, इटहरी–९, बसपार्क, सुनसरीमा छाला, कपाल तथा सौन्दर्यसम्बन्धी सेवाहरू उपलब्ध हुँदै आएका छन्।