इटहरी । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले इटहरीमा नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को बिक्री तथा उपलब्धता सुरु गरेको छ। काठमाडौँमा सम्पन्न नाडा अटो शो तथा यामाहा ब्लु फेस्टपछि मोटरसाइकल इटहरीस्थित तिरुपति अटो सिटीमा उपलब्ध गराइएको हो।

ग्राहकले शोरुममै पुगेर मोटरसाइकल अवलोकन, टेस्ट राइड तथा बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ। १५५ सीसी लिक्विड–कुल्ड इन्जिन, VVA प्रविधि र ६–स्पिड गियरबक्स रहेको एक्सएसआर १५५ मा रेट्रो डिजाइनसँग आधुनिक प्रविधिको संयोजन गरिएको छ।

नयाँ ब्लु भेरिएन्टको मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले एक्सएसआर १५५ ले बजारमा सकारात्मक प्रतिक्रिया पाइरहेको बताए।

कम्पनीका अनुसार इटहरीमा यसको उपलब्धताले पूर्वी क्षेत्रका ग्राहकलाई थप विकल्प र सहज सेवा प्रदान गर्नुका साथै यामाहा राइडर समुदाय विस्तारमा सहयोग पुग्नेछ।