इटहरी स्  विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सदस्य अंकित पोखरेलको सवारी दुर्घटनामा मृत्यु भएको छ।

बुधबार मध्यरात करिब १२ बजे विराटनगर महानगरपालिका–१० स्थित निर्मल जल उद्योगनजिक मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय पोखरेलको मृत्यु भएको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा पोखरेल गम्भीर घाइते भएका थिए। उनलाई बेहोस अवस्थामा उपचारका लागि विराटनगर अस्पताल ९विराट नर्सिङ होम० पुर्‍याइएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

विराटनगर महानगरपालिका–१ निवासी पोखरेल जन्मदिन मनाएर घर फर्कने क्रममा दुर्घटनामा परेको बताइएको छ। पोखरेल जिपी कोइराला फाउन्डेसन मोरङको युवा कार्यदलका अध्यक्षसमेत रहिसकेका थिए। उनको निधनले विद्यार्थी तथा सामाजिक क्षेत्रमा आबद्ध युवामाझ शोक छाएको छ।