इटहरी। झापाको कमल गाउँपालिका सावित्रा चौकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शुक्रवार साँझ अन्दाजी ६स्५५ बजे कमल गाउँपालिका ५ साबित्रा चोकस्थित पूर्व पश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको प्र।न। १–०१– ००१४ प ६४८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ५२०२ नम्बरको ट्रक एकापसमा ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय सागर तिमल्सिना घाइते हुनुभएको थियो । घाइतेलाई उपचारको लागि बिर्तामोडतर्फ ल्याउने क्रममा तत्काल गम्भीर भई कन्काई नगर अस्पताल सुरुङ्गामा ल्याइपु¥याई उपचार भइरहँदा चिकित्सकले ७ः३० बजेतिर मृत घोषणा गरेका थिए ।
ट्रक चालक धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिगाह बस्ने २८ वर्षीय शिवशंखर महतो र दुवै सवारी साधन इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । यता, झापा गाउँपालिका अमरपथ सडकखण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा परी घाइते भएर लामो समयदेखि उपचारमा रहनुभएका झापा गौरीगञ्ज गाउँपालिका–१ निवासी ५१ वर्षीय रमेश राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ ।
राजवंशी गत असोज २५ गते साँझ झापा गाउँपालिका–३ कामाटोली बजारनजिक मोटरसाइकल दुर्घटनामा पर्नुभएको थियो । कुमरखोद बजारदेखि उत्तर सुरुङ्गातर्फ आउँदै गर्दा मे १० प ७७९ नम्बरको मोटरसाइकल असोज २५ गते साँझ सवा ६ बजे दुर्घटना भएको थियो । सुरुङ्गा–कुमरखोद सडकमा मोटरसाईकल अनियन्त्रित भई सडक दुर्घटनामा परेको थियो । मोटरसाइकल चिप्लिँदा राजवंशीको खुट्टा भाँचिएको थियो । उहाँको उपचारका क्रममा शनिवार बिहान विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो ।


