इटहरी । ताप्लेजुङबाट चालु आर्थिक वर्ष २०८३र८४ को यो अवधमिा पहिलो गैर आवासीय नेपाली नागरिकता जारी भएको छ।
साउन, भदौ र असोजमा जारी नभएको गैर आवासीय नेपाली नागरिकता कार्तिक महिनामा एक थान जारी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जानकारी दिए। आव २०८२र८३ मा भने एक जनाले पनि गैर आवासीय नेपाली नागरिकता लिएका थिएनन्। सो भन्दा अघिल्लो आवमा भने ८ जनाले गैर आवासीय नेपाली नागरिकता लिएका थिए। कार्तिकमा जिल्ला प्रशासन कार्यालयबाट एक थान पनि वैवाहिक अंगीकृत नागरिकता जारी नभएको प्रशासन कार्यालयले जनाएको छ। कार्तिक बाहेक चालु आवको तीन महिनामा भने ५ थान वैवाहिक अंगीकृत नागरिकता जारी भएको छ।
चालु आवमा ८ सय ५६ थान नयाँ नेपाली नागरिकता जारी हुँदा ८ सय १६ थान नागरिकताको प्रतिलिपी जारी भएको छ। कार्तिकमा ३ सय ७१ जनाले राष्ट्रिय परिचयपत्रको विवरण भर्दा २ सय ३६ जनाले राष्ट्रिय परिचयपत्रको रुजु विवरण हराई खोजीका लागि आवेदन दिएका छन्। ३९ जनाले राष्ट्रिय परिचयपत्रको विवरण सच्याउन निवेदन दिएको समेत प्रशासन कार्यालयले जनाएको छ। कार्तिकमा प्रशासन कार्यालयबाट १ सय १२ जना राहदानीका अनलाइन फारम निःशुल्क रूपमा भरिएको छ भने नागरिक सहायता कक्षबाट कार्यालयमा प्रयोग हुने विभिन्न कागजातका २ सय ५० थान प्रतिलिपि निःशुल्क उपलब्ध गराइएको समेत प्रशासन कार्यालयले जानकारी दिएको छ।


