इटहरी स् चौदण्डीगढी नगरपालिकामा नेपाल पूर्व प्रहरी संगठन नगर कार्यसमिति चौदण्डीगढीको नवनिर्मित भवन उद्घाटन गरिएको छ।
शुक्रबार आयोजित कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामा तथा संगठनका केन्द्रीय कार्यवाहक अध्यक्ष एवं अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० विनोद सिंह र अवकाशप्राप्त एआईजी टेकप्रसाद राईले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन्। संगठनले २२ लाख ६० हजार रुपैयाँभन्दा बढी लागतमा दुई कोठा र सभाहलसहितको भवन निर्माण गरेको जनाएको छ। भवन निर्माणका लागि चौदण्डीगढी नगरपालिकाले विभिन्न मितिमा १२ लाख २५ हजार रुपैयाँ सहयोग गरेको थियो। त्यस्तै, संगठनका आजीवन सदस्य, अवकाशप्राप्त तथा कार्यरत प्रहरी कर्मचारी, सम्मानार्थ सदस्य, स्थानीय शुभेच्छुक र वडा नं। ५ को कार्यालयबाट पनि आर्थिक सहयोग प्राप्त भएको संगठनले जनाएको छ।
संगठनले विभिन्न आरोह–अवरोह पार गर्दै आफ्नै भवन निर्माण गरी उद्घाटन गर्ने अवस्थामा पुग्नु गौरव र खुसीको विषय भएको नगर अध्यक्ष कृष्णकुमार पराजुलीले बताए। आफ्नै भवन बनेपछि पूर्व प्रहरीहरूको अनुभव र सीपलाई समाजमा उपयोग गर्न तथा पूर्व प्रहरी र तिनका सन्ततिको हितमा काम गर्न सहज हुने उनको विश्वास छ। भवन उद्घाटन कार्यक्रममा कर्तव्य पालनाका क्रममा सहादत प्राप्त अमर प्रहरीका परिवार, संगठनका सम्मानार्थ सदस्य तथा ज्येष्ठ पूर्व प्रहरीहरूलाई सम्मान गरिएको थियो।


