All Posts By कोशी प्रेस

    Showing १०,१११-१०,१२० of १३,७४३ items.
  • न्यायमा पहुँच पुर्याउन पौवादुङमा गाउँपालिकामा कानुनी घुम्ति शिविर

    सुनसरी / स्थानीय नागरिकलाई कानुनी विषयमा जानकारी दिन भोजपुरको पौवादुङमा गाउँपालिकामा कानुनी घुम्ति शिविर सञ्चालन गरिएको छ । ग्रामिण भेगका विपन्न, गरिव, सिमान्तकृत, अल्पसङख्यक नागरिकहरुमा न्यायको पहुँच विस्तार गर्न शिविर सञ्चालन गरिएको हो । शिविरमार्फत राज्यका तर्फबाट पाउने निःशुल्क कानुनी सेवा तथा कानुनको अज्ञानताका कारण आइपर्ने समस्याका विषयमा जनस्तरसम्म जानकारी दिएको हो ।कानुनी सेवालाई सहज रुपमा ग्रामिण भेगसम्म पुर्याउने लक्ष्यले घुम्ति शिविर सञ्चालन गरिएको गरिवी निवारण तथा ग्रामिण विकास कार्यक्रम (पर्डेप) नेपाल धनकुटाका परियोजना संयोजक खिन्द्र अधिकारीले जानकारी दिए । परियोजना अन्तर्गत

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • २१४ पटक पढिएको
  • मोरङको पथरी बजारमा फोहोरमैला सरसफाई अभियान

    मोरङ / ‘हाम्रो पथरी, स्वच्छ सुन्दर पथरी’ भन्ने मूल नाराका साथ पथरी बजारमा सरसफाई गरिएको छ । आज शनिबार बिहान वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन समिति पथरीशनिश्चरे–०१ को आयोजनामा  सरसफाई अभियान सम्पन्न भएको हो ।पथरी शनिश्चरे नगरपालिका वडा नं ०१ का अध्यक्ष भीम राईको अगुवाईमा बिहान ७ बजे गोर्खा डिपार्टमेन्टबाट सुरु भएको अभियान पूर्व बस स्टेण्ड हुँदै पश्चिम बस स्टेण्डमा गएर समापन भएको थियो । अभियानका क्रममा फोहोर मैला सहित अनावश्यक तारहरु काटेर हटाइएको थियो ।  उक्त अभियानका क्रममा नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, कर्मचारी सुरेन्द्र राई, युवा व्

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • १०६ पटक पढिएको
  • संखुवासभाको धार्मिक तथा पर्यटकीय क्षेत्र बन्दै मनकामना मन्दिर

    मिलन अधिकारी ,संखुवासभा संखुवासभा / संखुवासभाको खाँदबारी नगरपालिका -९ मा रहेको मनकामना मन्दिर धार्मिक तथा पर्यटकीय क्षेत्र बनेको छ । संखुवासभाको खाँदबारी नगरपालिका -९ को अरुण किनारमा अवस्थित मनकामना मन्दिर परापूर्वक कालबाटै मानवहरुको आस्था विश्वासको केन्द्रका रुपमा रहेको छ । संखुवासभाको सदरमुकाम खाँदबारी देखि करिब ११ किलोमिटरको दुरीमा अरुण नदीको किनारमा अवस्थित मनकामना मन्दिर श्रद्धालुहरुको लागि आस्थाको केन्द्र रहेको छ । दैनिक जसो धेरै श्रद्धालुहरु विभिन्न भाकल गर्दै आफ्ना अनेकन समस्या समाधान हुन्छन् भन्ने विश्वासका साथ मनोकांक्षा पुरा होस भन्ने कामना गर्दै  मनकामनाको शरणमा

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • १४५ पटक पढिएको
  • भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा गरी १२८ जनाको मृत्यु

    काठमाडौँ / भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । प्रहरी नायव उपरीक्षक थापाका अनुसार भूकम्प प्रभावितको उद्धारमा जाजरकोटस्थित आश्रिम गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विकाश थापाको नेतृत्वमा ६७ जनाको टोली खटिएको छ ।यस्तै रुकुम पश्चिमस्थित नं

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • ८१ पटक पढिएको
  • सुन्दरहरैंचा वडा ९ का अध्यक्ष प्रकाश श्रेष्ठ द्वारा क्रीकेट खेलाडीलाई खेलकुद समाग्री बितरण

    सुन्दरहरैंचा  सुन्दरहरैंचा नगरपालिका वडा -९ का अध्यक्ष प्रकाश श्रेष्ठले क्रीकेट खेलाडीलाई खेलकुद समाग्री बितरण गरेका छन । धेरै ठाउँमा युवा हरु कुलतमा लाग्ने, झैझगडा गरि हिड्ने गरिएको समाचार सुनिन्छ तर आफ्नो ठाउँमा युवा हरु खेलकुद  माध्यमबाट स्वास्थ्य रहन , नेपाली खेलाडी हरुको उच्चमनोबल बनाउने साथै  खेलकुदको माध्यमबाट देस बिदेसमा आफ्नो नेपालको नाम उच्च राख्न सहकार्यका लागि युवा हरुले अनुरोध गरेकाले युवा हरुको लागि आफ्नो ब्यक्तिगत खर्चमा खेलकुद समाग्री बितरण गरेको वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताए । इन्द्रपुर रंगशालामा बितरण गरिएको खेलकुद सामग्री पाएपछि युवा वडाध्यक्ष ले युवा

    • प्रकाशित मितिः कार्तिक १८, २०८०
    • ६८० पटक पढिएको
  • धनकुटाको सहिदभूमिमा गाँजाका बोटहरु नष्ट

    सुनसरी / धनकुचाको सहिदभूमिमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोटहरु नष्ट गरिएको छ ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अन्तर्गत आज प्रहरी टोलीद्वारा सहिदभूमि गाउँपालिका वडा नम्बर -१,३ र ७ बाट ५६ रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका १९,९०० गाँजाका बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • १३५ पटक पढिएको
  • तेह्रथुमको स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण प्रदान

    सुनसरी / तेह्रथुमको छथर गाउँपालिका फाक्चामारामा रहेको स्वास्थ्य चौकीलाई निःशुल्क स्वास्थ्य उपकरण प्रदान गरीएको छ ।उपकरणको अभावमा स्वास्थ्य सेवा पाउन वञ्चित सर्वसाधरणले उपकरणका साथै गाउँमै स्वास्थ्य सेवा पाउने भएका छन् । स्थानीय झमक ईमेहाङ लिम्बु र मेशबहादुर ईमेहाङ लिम्बुले २ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेका छन् ।आर्थिक अवस्था कमजोर भएका सर्वसाधरणलाई गाउँमै स्वास्थ्य सेवा सहज होस भन्ने उद्देश्यले स्वास्थ्य उपकरण प्रदान गरिएको हो । छथर गाउँपालिकाको वडा नम्बर ३ र ४ का सर्वसाधरणले स्वास्थ्यचौकीबाट सेवा लिने गरेका छन् ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • ११५ पटक पढिएको
  • सुनसरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती

    सुनसरी / सुनसरीका कृषक आलु खेती लगाउनतर्फ व्यस्त भएका छन् । जिल्ला सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी, बराहक्षेत्र, दुहबी, धरान ,इटहरीका केही भुभागमा बसोबास गर्ने किसान दसैँ सकिएसँगै आलु खेती गर्नेतर्फ व्यस्त भएका हुन् ।इनरुवाका किसान गौरी यादवले दसैँअगाडि धान बाली भित्र्याएरपछि अहिले आलु रोप्नका लागि चटारो रहेको बताइन् ।  यहाँका कृषकले हिउँदे बालीका रुपमा मुख्यतः आलुखेती नै गर्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए ।आलुको माग बजारमा उच्च भएकाले अहिले  किसान थप व्यावसायिक रूपमा आलु खेतीमा लाग्ने गरेको स्थानीय कृषकले बताएका

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • ११५ पटक पढिएको
  • भ्वाईस अफ चिल्ड्रेनको सामाजिक लेखाजोखा कार्यक्रम प्रस्तुत

    इटहरी / भ्वाईस अफ चिल्ड्रेन इटहरी सुनसरीले आर्थिक वर्ष २०७९/ ८० का क्रियाकलाप र मुख्य उपलब्धिहरू प्रस्तुत गरेको छ ।इटहरीमा एक कार्यक्रम आयोजना गरि भ्वाईस अफ चिल्ड्रेनले सामाजिक लेखाजोखा कार्यक्रम  अन्तर्गत आत्म निर्भर पारिवार परियोजना गर्ने काम ,  प्रारम्भिक बाल विकास कार्यक्रम गर्ने , अनलाइन बाल यौन दुव्र्यवहार रोकथाम कार्यक्रम गर्ने पारिवारिक ताथ सामाजिक पुनमिलन कार्यक्रम गर्ने , सडक बालबालिका कार्यक्रम गर्ने , बाल हेल्पलाइन सेवा गर्ने  , सामुदायिक प्रहरी साझेदारीको जनचेतनामूलक कार्यक्रम गर्ने काम लगाएत काम गर्दै आएको छ । इटहरी उपमहानगरपालिकाका उप-प्रमुख संगिता कुमारी चौध

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • १०४ पटक पढिएको
  • यूएईलाई आठ विकेटले हराउँदै नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट

    काठमाडौं / नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट भएको छ । आज मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै नेपाल टी—२० विश्वकपमा छनोट भएको हो ।जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ ।ओमान भने शुक्रबार नै खेलिएको फाइनलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको हो । नेपालले दोस्रो पटक टी—२० विश्वकप खेल्ने अवसर पाएको हो । यसअघि नेपालले सन् २०१४ मा टी—२० विश्वकप खेलेको थियो । 

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • १९७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]