काठमाडौं । गायक तथा कलाकार रोविन तामाङको आकस्मिक निधन भएको छ । प्रहरीका अनुसार उनको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।तामाङको निधन कसरी भयो भन्ने खुलेको छैन । हिजो बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा तामाङको शव भेटिएको हो । प्रहरीका अनुसार कोठाको ढोका भित्रबाट लागेको थियो । शवको प्रकृति र अवस्था हेर्दा आत्महत्याजस्तो नदेखिएको बुढानीलकण्ठ प्रहरीका इन्स्पेक्टर दीपेन्द्र चन्दले बताए ।तामाङकी पत्नी काम विशेषले घरबाहिर थिइन् । उनले २ घण्टासम्म लगातार श्रीमानलाई फोन गर्दा पनि नउठेपछि रोविनकी दिदीलाई फोन गरेर घरमा हेर्न पठाएकी थिइन् ।दिदी घर पुग्दा भित्रबाट गेट लगाइएको थियो। धेरै बेर बोलाउ
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा बनेको नयाँ सरकारका असंवैधानिक भएको टिप्पणी गरेका छन् ।उनले हिजो केपी ओलीले संविधानविपरीत गरे भनेर संयुक्त आन्दोलन गरेकाहरुले नै कोशी प्रदेशमा लोकतन्त्रविरोधी हर्कत गरेको उनको भनाइ छ ।उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले जो अगुवा उसैले यस्तो हर्कत कसरी गर्न सकिन्छ भनेर प्रश्नसमेत गरेका छन् ।‘हिजो के पी ओलीले संविधान विपरीत काम गरे भनेर हामीले संयुक्त आन्दोलन गर्यौ; अदालत र जनताले पनि साथ दिएर हामीले प्रतिगमन रोकियो भन्यौं !’, भट्टराईले लेखेका छन्, ‘आज तिनै साथीहरू
सप्तरी। डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।आइतबार जिल्ला प्रहरी कार्यालयमा दुवैजना विरुद्ध नागरिकता सम्बन्धि कसुरमा मुद्दा दर्ता भएको हो । उनीहरू विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको सप्तरीका प्रहरी प्रमुख उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।सोही नगरपालिका– ४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेस मार्फत मुद्दा दायर गरेका थिए भने उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको दाबी गरिएको छ ।
इटहरी । चन्द्र न्यौपाने मेमोरियल ट्रस्टको आयोजनामा वर्तमान अवस्थामा एफ एम रेडियो संचालनका चुनौती र समाधानका उपायहरु विषयक कार्यशाला सम्पन्न गरिएको छ । ब्रोडकास्टिङ एसोसिएसन नेपालको सहकार्य तथा सामाजिक बिकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा इटहरीमा कार्यशाला सम्पन्न गरिएको हो । कार्यशालामा स्वतन्त्र रेडियोको समस्या,चुनौती र बजार अवस्थाख सुद्धिढीकरणका विषयमा सहभागीहरुलाई अवगत गराइएको थियो । श्रोताका रुची अनुसारका कार्यक्रम उत्पादन तथा प्रसारण गरी प्रविधिको बढ्दो प्रयोगका बिच श्रव्य माध्यमको पहुँच कसरी विस्तार गर्ने भन्ने सम्बन्धमा डाक्टर भुमिराज चापागाँइले सहजिकरण
विराटनगर : कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेपछि उनी विवादमा तानिएका छन् ।सभामुख गौतमले थापालाई मुख्यमन्त्री बनाउन दलको सदस्यको हैसियतमा हस्ताक्षर गरेपछि उनी विवादमा तानिएका हुन् ।थापाले सभामुखसहित ४७ सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।संविधानविद्हरुले पनि सरकार गठनमा सभामुख संलग्न हुने कुरा संविधान विपरीत भएको बताउँछन् । संविधानविद् डा. भीमार्जुन आचार्यले सभामुख कै संलग्नतामा सरकार गठनक
विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन् ।प्रदेश प्रमुखको कार्यालयबाट नियुक्ति पत्र लिएर बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै थापाले कोशी प्रदेश नाम परिवर्तन नहुने बताए ।उनले पहिचानको नाममा भइरहेको आन्दोलनलाई सम्बोधन गरेर अघि बढ्ने बताए । उनले भने, ‘वार्ताका माध्यमबाट हामी पहिचान पक्षधरको मागलाई सम्बोधन गर्छौं ।’यस्तै उनले ३० दिनभित्र विश्वासको मत लिने दाबी गरेका छन् । सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा उनी मुख्यमन्त्री भएका हुन् । उनले सभामुख ब
काठमाडौ / माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो।राष्ट्रिय परीक्षा बोर्डका अनुसार जिपिए शून्य दशमलव ८० देखि १ दशमलव २० ग्रेड ल्याउने २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत देखिएका छन्। संवत् २०७८ को परीक्षाको परीक्षाफलमा यस ग्रेडमा शून्य दशमलव ६६ प्रतिशत विद्यार्थी थिए।जिपिए एक दशमलव २० देखि एक दशमलव ६० सम्ममा यसवर्ष ३८ हजार स
विराटनगर / कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीको रूपमा उद्धव थापा नियुक्त भएका छन् ।नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा दुई बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी जनता समाज पार्टी समेतको समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री भएका छन् ।थापालाई कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्यको समर्थन छ ।प्रदेशसभामा नेकपा (एमाले) का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसद छन् । माओवादी
सुनसरी : भोजपुरको षडानन्द नगरपालिका - ४ स्थित साङ्राङमा सुतेकै स्थानमा एकजनाको मृत्यु भएको छ ।आफन्तको घरमा मरी मराउ परेपछि रुङ्नका लागि गएका ६५ वर्षीय दिलबहादुर सुनारे सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दिङ्लाले प्रहरीले जनाएको छ ।घटनाबारे जानकारी आएपछि प्रहरी टोली गएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं / कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय सीमा आज (बिहीबार) सकिंदैछ । प्रदेश प्रमुख खापुङले दिएको समय साँझ ५ बजे सकिँदैछ ।प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न समय दिएका छन् । उनले दिएको समयमा मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीले दाबी पेस गर्ने तयारी गरेका छन् । कांग्रेसलाई राप्रपाले समर्थन नगर्दा बहुमत पुग्ने देखिदैन । बहुमतका लागि ४७ सांसदको समर्थन चाहिने भए पनि कांग्रेस नेतृत्वको गठबन्धनमा ४६ सांसद मात्रै छन्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.