All Posts By कोशी प्रेस

    Showing १,१०१-१,११० of १२,७५६ items.
  • सुन्दरहरैंचामा माता सम्मान कार्यक्रम सम्पन्न

    इटहरी । ज्येष्ठ नागरिक सेवा समाज नेपाल, मोरङ सुन्दरहरैंचा–३ को आयोजना तथा वडा कार्यालयको सहयोगमा लक्ष्मीनारायण मन्दिरको सभाहलमा “माता सम्मान कार्यक्रम–२०८३”सम्पन्न भएको छ। “ज्येष्ठ नागरिकको सम्मान गरौँ, आदर्श समाजको निर्माण गरौँ” भन्ने नाराका साथ आयोजित कार्यक्रममा २५० भन्दा बढी आमाहरूलाई दोसल्ला, सम्मानपत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष भीमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुन्दरहरैंचा–३ का वडाध्यक्ष विदुर ढुंगाना प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगाना र अध्यक्ष कार्कीले आमाको योगदान अतुलनीय रहेको चर्चा गर्दै ज्येष्ठ

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २२० पटक पढिएको
  • लेटाङको दुर्गम हैकले गाउँ सडक सञ्जालसँग जोडियो

    इटहरी । मोरङ जिल्लाको लेटाङ नगरपालिकाको एउटा गाउँमा २०८३ साल जेठ २३ गते मोटरबाटो पुगेको सुन्दा पत्याउनै गाह्रो लाग्न सक्छ ।तर,नगरपालिकाको वडा नं। १ अन्तर्गत पर्ने दुर्गम हैकले गाउँबासीका लागि जेठ २३ गते विशेष दिन रह्यो । पहिलो पटक गाउँसम्म मोटरबाटो पुगेपछि स्थानीयवासीले खुसियाली मनाउँदै लेटाङ नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार लावती, वडा नं। १ का वडाध्यक्ष विष्णुकुमार मगर तथा नगरको टोलीलाई फूलमाला लगाएर भव्य स्वागत गर्नुभयो ।वडा नं। १ को पहल र नगरपालिकाको सबै गाउँमा मोटरबाटो पु¥याउने लक्ष्यमा स्थानीयले जनश्रमदान समेत गरेपछि हैकलेसम्म मोटरबाटो पु¥याउन सम्भव भएको हो । वडाध्यक्ष विष्णुकुमार मगर

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २०३ पटक पढिएको
  • रास्वपा सङ्खुवासभाको प्रथम अधिवेशन सम्पन्न, सङ्गठन सुदृढ बनाउने प्रतिबद्धता

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सङ्खुवासभाको प्रथम जिल्ला अधिवेशनबाट भक्तनारायण श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले श्रेष्ठलाई पुनः जिल्ला सभापतिको जिम्मेवारी सुम्पेको हो । पार्टीका संस्थापक सभापतिसमेत रहनुभएका श्रेष्ठ स्थापनाकालदेखि नै सङ्गठन निर्माणमा सक्रिय रहँदै आउनुभएको थियो । नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा सुमन डाँगी, सचिवमा सुनील श्रेष्ठ, कोषाध्यक्षमा पवित्रा बजगाईं र सहसचिवमा सन्तोष बस्नेत निर्विरोध चयन हुनुभएको छ । अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएको रास्वपा सङ्खुवासभाले जनाएको छ ।नवनिर्वाचित सभापति

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ६६५ पटक पढिएको
  • मेची राजमार्गको माई खोलास्थित राजदुवालीमा सडक बगेपछि आवतजावत ठप्प: दुई दिनदेखि ठूला मालबाहक सवारी साधन बाटोमै रोकिँदा पहाडी जिल्लामा खाद्यान्न ढुवानी संकटमा

    इटहरी । विगत दुुई दिन यता ठुला मालबाहक सवारी पार हुन नसक्दा मेची राजमार्गको माई खोलास्थित राजदुवाली माथिपट्टिको सडक थप कस्टकर बन्न थालेको छ । गएको असोज १८ गतेको वर्षापछि राजमार्गमा गएको पहिरोका कारण अहिले पनि सो सडक खण्डमा सवारी साधन पार हुन ठुलो समस्या रहेको छ । पहिरो माथि नै ट्रयाक खोलेर अस्थाइ रूपमा बनाइएको सडकको अवस्था अहिले पनि त्यहि रहँदा समस्या उस्तै रहेको छ । खोलादेखि नै कङ्क्रिट वाल लगाएर सडकलाई उठाउन थालिए पनि पटक–पटक माथिबाट सडक नै बग्ने, पहिरो खस्ने र माईखोलामा बाढी आउने कारण निरन्तर काम गर्न नसक्दा समस्या उस्तै रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताउनु

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • १७० पटक पढिएको
  • रोटर्याक्ट क्लब अफ धरान घोपाद्वारा विद्यालय स्वास्थ्य सचेतना कार्यक्रम

    धरान / रोटर्याक्ट क्लब अफ धरान घोपाले डेपोट माध्यमिक विद्यालय, धरानमा विद्यालय स्वास्थ्य सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा महिनावारी सरसफाइ, लागू पदार्थ दुर्व्यसन नियन्त्रण , तथा दाँत तथा मुख स्वास्थ्य सरसफाइ सम्बन्धी सचेतना प्रदान गरिएको थियो।  कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्नु, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु तथा विभिन्न स्वास्थ्य जोखिमहरूबारे जानकारी प्रदान गर्नु रहेको थियो तथा स्वस्थ जीवनशैलीतर्फ अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोज

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ४४४ पटक पढिएको
  • विराटनगरमा पत्रकारहरूका लागि ३ दिने समाचार लेखन तथा आचारसंहिता तालिम सम्पन्न

    सृजना ठाकुर इटहरी । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजना तथा विराटनगर महानगरपालिकाको समन्वय र सहयोगमा विराटनगरस्थित होटल रुविजमा सञ्चालित ३ दिने ’समाचार लेखन तथा आचारसंहिता सम्बन्धी तालिम’ आज सम्पन्न भएको छ । जेठ २२ गतेदेखि २४ गतेसम्म सञ्चालित यस तालिमको मुख्य उद्देश्य मोफसलका पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु र पत्रकारिता क्षेत्रलाई अझ बढी मर्यादित, निष्पक्ष एवं जिम्मेवार बनाउनु रहेको थियो। महासंघका कोशी प्रदेश अध्यक्ष भरत खड्काको अध्यक्षता तथा विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा सञ्चालित यस कार्यक्रममा सुनसरी, झापा, मोरङ र भोजपुरक

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ५६६ पटक पढिएको
  • धनकुटाको नाम्जेमा ‘अन्तर यात्रा’ योग–ध्यान शिविर , मानसिक शान्तिदेखि आत्मजागरूकतासम्म

    इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, नाम्जेमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेश, इटहरी तथा ज्ञान मन्दिर योग केन्द्र को आयोजनामा ‘अन्तर यात्रा’ नामक विशेष आवासीय योग तथा ध्यान कार्यक्रम सुरु भएको छ। २२ गते शुक्रबारबाट सुरु भएको योग शिविरमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट ५० जनाभन्दा बढीको सहभागिता रहेको छ।२६ गतेसम्म सञ्चालन हुने शिविरको पहिलो दिन सहभागीहरूलाई स्वस्थ जीवन, शारीरिक तन्दुरुस्ती तथा अनुशासित जीवनका लागि योगको महत्त्वबारे शिक्षा प्रदान गरिएको छ। साथै, साधना एवं भक्ति दर्शनमार्फत जीवनलाई सरल र सार्थक बनाउन सकिने विषयमा पनि प्रशिक्षण दिइएको छ।प्राकृतिक तथा शान्त वाता

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २३४ पटक पढिएको
  • पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध

    इटहरी । सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ ।पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे(भैँसीचोक(पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो । गएरातिदेखि लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर र पाँचखपन नगरपालिका जोड्ने बिहीबारे(भैँसीचोक(पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले पाँचपन(चैनपुर खण्डको करिब १५ मिटर सडक बगाएको छ । कल्लेरी क्षेत्रमा आएको चिउङ्खुवा खोलाको बाढीले सडकमा ठूलो क्षति पुर्‍याएपछि आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुय

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • ३८५ पटक पढिएको
  • बीवाईडी आयात प्रक्रिया पूर्ण रूपमा कानुनसम्मत रहेको साइमेक्सको दाबी

    इटहरी / बीवाईडी (BYD) विद्युतीय सवारीसाधनको नेपाल आयातसम्बन्धी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारप्रति आधिकारिक वितरक साइमेक्स इन्कले स्पष्टीकरण दिएको छ।कम्पनीले हालै सार्वजनिक भएको बजेटपछि विद्युतीय सवारीसाधन आयात र भन्सार प्रक्रियाबारे उठेका प्रश्नहरूका सम्बन्धमा आफ्नो आयात प्रक्रिया पूर्ण रूपमा कानुन, नियम र भन्सार प्रक्रियाअनुसार भएको जनाएको छ।साइमेक्सका अनुसार कोरला (मुस्ताङ) र रसुवागढी नाकामार्फत आयात गरिएका बीवाईडीका विभिन्न मोडेलका सवारीसाधनहरू चीनतर्फको निर्यात अभिलेख र नेपालतर्फको भन्सार अभिलेखमा मिल्दोजुल्दो विवरण रहेको छ। कम्पनीले कोरला नाकाबाट ६४९ र रसुवागढी नाकाब

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • ४९४ पटक पढिएको
  • रास्वपा सुनसरी अधिवेशनमा प्रतिनिधि छनोट विवाद ः केन्द्रको निर्देशन विपरीत मनोमानी गरिएको आरोप

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको जिल्ला अधिवेशन सुरू हुन लाग्दा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ । पार्टीका केही नेता तथा कार्यकर्ताले सांसद लालविक्रम थापा र जिल्ला संगठन विभाग प्रमुख मोहन निरौलाको निर्देशनमा मनोमानी ढंगले प्रतिनिधि छनोट गरिएको आरोप लगाएका छन् । आरोप अनुसार पार्टी केन्द्रले वैशाख २७ गतेभन्दा अगाडि गठन भएका विभागहरूलाई मात्र अधिवेशन प्रतिनिधि चयन गर्ने अधिकार दिने स्पष्ट निर्देशन जारी गरेको थियो। तर उक्त निर्देशनलाई बेवास्ता गर्दै इटहरी नगर समितिले जेठ १ गते सूचना प्रकाशित गरी पछि गठन भएका विभागबाट समेत प्रतिनिधि छनोट गरेको दाबी गरिएको

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • २९३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]