धरान : कोशी प्रदेश सरकारले कोशी प्रदेश खारेजी र पुनः नामकरण आन्दोलनका क्रममा घाइते भई मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई तत्काल राहत स्वरूप ३ लाख रूपैंया उपलब्ध गराउने निर्णय गरेको छ ।प्रदेश सरकार मन्त्रिपरीषदको आज बसेको २५ औँ बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री हिक्मत कार्कीको सचिवालयले जनाएको हो । लाजेहाङ प्रदेश पुनः नामकरण मागको आन्दोलनमा चैत ५ भएको विराटनगरमा भएको विरोध प्रदर्शनमा घाइते भएका थिए ।टाउको प्रहरीको लाठीले चोट लागेका उनको चैत १० गते बिपी प्रतिष्ठानको आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रदेश मन्त्री परिषद्को बैठकले पदम लिम्बु लाजेहाङको दुःखद निधन प्रति गहिरो द
इटहरी । नेपालमै सबै भन्दा सस्तो र भरपर्दाे इन्टरनेट सेवा दिदै आएको दावी गर्ने इन्टरनेट सेवा प्रदायक वाई फाई नेपालले आफनो सेवा सुनसरीको इटहरी र धरानमा पनि विस्तार गर्ने भएको छ । सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरि वाई फाई नेपालले आफनो सेवा इटहरी र धरानमा विस्तार गर्न लागेको जानकारी गराएको हो । काठमाण्डौ र पोखरा उपत्यकामा सफलता पूर्वक सेवा प्रवाह गर्दै आएकोमा आफनो सेवालाई विस्तार गर्ने क्रममा सुनसरीको इटहरी र धरान छनौटमा परेको सो अवसरमा जानकारी गराइयो । घरायसी तथा व्यापारिक ग्राहकहरुको आवश्यकताहरुलाई ध्यानमा राख्दै वाई–फाई नेपालले थुप्रै अ
इटहरी । उद्योग वाणिज्य संघ इटहरीले व्यवसायिका समस्या समाधान गर्न तालिम प्रशिक्षण तथा अन्तरकृया कार्यक्रमको इटहरी आयोजना गरेको छ । उद्योग वाणिज्य संघ इटहरीले इटहरीका वस्तुगत व्यवसायिक संघ संस्थामा आइपर्ने कर सम्बन्धी समस्या सहजिकरणका लागी कर तथा राजश्व भी सी टी एस सम्बन्धी तालिमको आयोजना गरेको हो । केहि समय अगाडी उद्योग वाणिज्य संघ इटहरीले २२ वटा वस्तुगत संघसंस्था सँग गरेको अन्तरकृया अनुरुप मदिरा ,होटल र रेडिमेड व्यवसायी संघबाट पत्र आएपश्चात संघले तालिमको आयोजना गरेको जनाइएको छ ।नयाँ शीर्षकमा जरिवाना तिर्नुपर्ने,राजश्व कर बुझाउने सम्बन्धमा देखापर्ने समस्या लगायतका बिषयमा सहजिकरण गर्
रामधुनी । आसन्न चैत्र १९ गते हुने झुम्का उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागि साझा व्यवसायी समूहले चुनावी अभियानको सुरुवात गरेको छ । शनिवार रामधुनी मन्दिरका पत्रकार सम्मेलनको आयोजनाका साथ सो समूहले अभियानको सुरुवात गरेको हो। साझा व्यवसायी समूहले आफ्नो टिम व्यवसायी सङ्घ हाँक्नका लागि मजवुद रहेको बताएको छ । दुर्गा प्रसाद फुयाल नेतृत्वमा चुनावी अभियानमा निस्किएको टिमले आफ्नो कार्यकालमा उद्योग वाणिज्य सङ्घको भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आफूहरू निर्वाचित भएर आएपछि सुकुम्वासीको अवस्थामा रहेको भवनलाई जग्गाको व्यवस्थापन गरी भवन निर्माणको
काठमाडौं / प्रतिनिधिसभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने बहुमतले प्रस्ताव स्वीकृत भएको छ । बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयकमाथि उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्ताव प्रस्तुत गर्दै उहाँले सत्यको छानबिन र परिपूरण हुनुपर्छ भन्ने मान्यता रहेको विधेयकमा शान्ति सम्झौताका हस्ताक्षर कर्ता, राजनीतिक दल र आम जनताको साझा विषय रहेको बताउनुभयो । मन्त्री शर्माले
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -५ मा रहेको पुर्वान्चल पब्लिक स्कुल आफ्नो १४ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । सुन्दरहरैंचामा कृयाशिल रहेर सुन्दहरहरैंचा गतिविधि र बिकृती बिसगतिलाई परिष्कृत गर्दै समाज परिवर्तनमा कलम र क्यामराको माधयमबाट उल्लेखनीय योगदान पुर्याएबापत सम्मान गरेको प्रिन्सिपल सन्तोष कुमार राईले बताए। सुन्दरहरैंचामा बिधालयले यस किसिमको श्रीमान श्रीमतिको जोडि सहितको पत्रकारलाई पहिलोपटक गरेको हो। कार्यक्रममा सामाजिक ब्यक्तित्व भक्ती सिटौला र ज्ञानेन्द्र ओझा तथा चारकर्मी शिव भट्टराई र एलएन गच्छदार दम्पति लाई
सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा नगरपालिका वडा -९ मा रहेको लाइट गार्डेन एकेडेमी मन्टेश्वरी स्कुले आफ्नो ७ औं अभिभावक दिवस भब्यताका साथ मनाएको छ। लाइफ गार्डेन एकेडेमी मन्टेश्वरी स्कुलका प्रिन्सिपल ऋषिराम पाठकको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सो वडाका अध्यक्ष प्रकाश श्रेष्ठले कार्यक्रम समुदघाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रेष्ठले सो एकेडेमीको आफू समेत अभिभावक रहेको भन्दै शुभकामना मन्तव्यको क्रममा स-साना बालबालिका प्रस्तुति प्रति प्रशंसा गर्दै बालबालिकालाई उनिहरुको मनौबिज्ञान बुझेर सिकानु सहज नभएको भन्दै
इटहरी । इटहरीमा स्टुडेन्ट क्वालीटी सर्कल विश्व आर्दश कलेजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।पठनपाठनका साथै सामाजिक क्षेत्रमा समेत महत्वपुर्ण योगदान पुर्याउन विश्व आर्दश कलेजको उक्त कार्यक्रममा सिक्षक, बिद्यार्थी , अभीभावक, समेत एक सय एक जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटी इटहरीका सस्थापक अध्यक्ष राजेश श्रेष्ठको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको स्टुडेन्ट क्वालीटी सर्कल विश्व आर्दशका कोडिनेटर उत्तम गिरिले बताउनुभयो ।&nbs
इटहरी (डेस्क) : पूर्व पश्चिम राजमार्गस्थित धनुषाको मिथिला नगरपालिका ३, हरिहरपुरमा शनिबार बिहान दुईवटा ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बिहान ४ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा जुध्दा दुर्घटना भएको हो ।ठक्करबाट ना ६ ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरीको इनरुवाका २७ वर्षीय सागर चौधरी सोही ट्रकका सहचालक सुनसरी भरौलका ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रक चालक मोरङको बेलबारी ८ का ४४ वर्षीय लोकमा
सुन्दरहरैचा : मोरङको बेलबारी ३ स्थित भगवती माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक रामु हुमागागाईँलाई प्रहरीले पक्राउ गरेको छ ।शनिबार इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक उदय शमशेर राणाले जानकारी दिए । उजुरीमा छात्राहरूले आँफूहरूमाथि पटकपटक दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।शिक्षक हुमागाईँले जबरजस्ती आफ्नो मोटरसाइकलमा चढाएर बाटोमा दुर्व्यवहार गरेको, अश्लील शब्दहरू बोलेको र आँफूहरूलाई पटकपटक विभिन्न ठाँउमा घुम्न जाँउ भन्ने गरेको पीडित विद्यार्थीहरूको आरोप छ ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.